दमक/
झापाको दमक स्थित गणतन्त्र चोकमा बिभिन्न जात जातीका परिकारहरु राखीएको छ । स्टल नै बनाएर केहि जातीय परिकारलाई प्रर्वधन गर्ने प्रयास भएको हो ।
दमकमा भर्खरै फूट फेस्टिवल सकिएको थियो । तर त्यहाँ नेदेखिएका स्टल यहाँ भने देखिए । तर यो कुनै व्यवसयाीक सस्था, संगठनले भने आयोजना गरेको चाहि होईन ।
यो त कम्यूनिष्ट विचार धारा राखेका केहि बौद्धिकहरुको समुहले यस प्रकारको कार्यक्रमको आयोजना गरेको हो ।
माओवादी केन्द्र निकट माक्र्सवादी ज्ञान केन्द्रले आयोजना गरेको यो प्रर्दशनीमा दमकमा बसोबास गर्ने विभिन्न जनजाती तथा आदिवासीहरुको स्टल देख्न सकिन्छ ।
यहाँ धिमालले भक्का पकाएर बेचेको देखि लिएर राई लिम्बुले बंगुरको मासुको फरक फरक स्वादका परिकार राखेका छन् ।
पहाडमा फल्ने कोदो, फापरका रोटी देखी तराईकै घुगी सम्मको स्वाद यहाँ चाख्न पाइन्छ ।
जनजाती महिलाहरुलाई उद्यममा जोड्ने हो भने नेपालका रैथाने उत्पादनलाई नै प्रर्वधन गर्नु पर्छ र मात्रै समृद्धि हाँसिल हुन्छ भन्ने ज्ञान केन्द्रको निष्कर्ष पछि दमकमा यो प्रर्दशनी गरिएको यसमा आवद्ध प्राध्यापक राधिका ओझाले जानकारी दिनुभयो ।
हिजो देखी सुरु भएको प्रर्दशन आज सम्म चल्ने छ ।
यस सम्बन्धीको भिडियो यहाँ हेर्न सकिने छ ।










