दमक/
यो दमक नगरपालिका वडा नं ५ स्थित हरिओम कोलेनीको सबै भन्दा पश्चिम तर्फको बाटो हो । क्याम्पसमोडबाट उत्तर तर्फ जाने आम्दा रोडको बाटोमा प्रकाश बुढाथोकीको घर देखी पूर्व प्रवेश गर्न बाटोको बिजोग छ ।
पश्चिम तर्फ उकोलो र पूर्व तर्फ गहिरो छ । सामान्य वर्षात भएका बेला पनि यो बाटोमा जलमग्न हुन्छ । किनकी यहाँ कुनै निकास छैन । आकासको पानी एक छिन बाटोमा जम्छ । बाटोमा मात्रै त्यो पानी नअटेपछि यहाँ बनेका घर भित्रै पनि पानी पस्छ । यस ठाउँका सर्वसाधरण यस्तो सास्तीले हैरानी खेपेको वर्षौ भयो तर यसको निकास नभएको भन्दै गुनासो गरिरहेका छन् ।
भित्र गाउँमा सडकहरु साना छन् । कितपय ठाउँमा सडकनै छैनन् । सडक बनाउन भनेर रेखांकन गरिएको ठाउँमा एक तर्फका जग्गाधनी सडक बनाउन राजी हुने अर्को तर्फले एक इन्च पनि नछोड्ने जस्ता विवाद पनि भएका छन् ।
यस्ता विवादका कारण जसले सुरु देखी नै सडक निर्माण गर्न भनेर जमिन छोडेका छन् त्यस अनुसार सडक नबन्दा सास्ती भोग्नु परेको बताउँछन् । साईकल समेत कुदाउन नमिल्ने गरिका त्यस्ता ठाउँमा बर्खा अहिले गोरेटो बाटो मात्रै छ । निकै चुनौती र जोखिमयूक्त तरिकाले हिड्नु परिरहेको स्थानियबासीहरु बताउँछन् ।
दमक नगरपालिका वडा नं ५ का जनप्रतिधिले कहाँ कस्तो बाटो बनाउन आपश्यक छ भन्दै त्यसको पहिचान गर्न प्राविधिक सहितको टोलिले अनुगमन गरिरहेको छ । निकास नभएको ठाउँमा निकास खोल्दै यो सडक निर्माणमा सहज सहजिकरण गर्दै अघी बढ्ने जनप्रतिनिधीहरुले प्रतिवद्धता पनि जनाएका छन् ।
नागरिकका गुनासा समेटिएको रिपोर्ट यहाँ हेर्न सक्नु हुने छ ।
जनप्रतिनिधीले थालेको सार्थक प्रयासको कुराकानी यहाँ हेर्न सक्नु हुने छ ।









