दमक/
झापाको दमक नगरपालिका वडा नं ८ का केहि प्रतिनिधी महिलाहरु शनिबार एकै ठाउँमा भेला भएका थीए ।
पक्की घर भएका र घरमा करेसा बारी कमै भएकाहरुको यहाँ उपस्थिती रहेको थियो । महिलाको सहभागीता उल्लेख्य हुनुको मुख्य कारण घरको भान्सालाई कसरी अर्गानिक बनाउने भन्नेबारे जानकारी गराउनु थियो ।
भान्सामा प्राय महिलाहरु व्यस्त रहने भएकोले महिलाहरुको सहभागीतालाई बढि जोड दिइएको तालिम आयोजक वडा नं ८ ले जनाएको छ ।
यो तालिम घरको कौशीमा कसरी विषादी रहित तरकारी उत्पादन गर्ने भन्नेबारेमा सिकाउने हो । साथै घरबाटै उत्पादन भएको फोहोरलाई मलको रुपमा प्रयोग गर्दै कौशीमा लगाइएको तरकारीमा त्यसको प्रयोग गर्ने तरिकाबारेमा दुई दिन सम्म सिकाईने यस तालिमका प्रशिक्षक क्यारितास नेपालका सहजकर्ता टंक प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
वडाको उत्तरी क्षेत्र बजारमा रुपान्तरण भएको छ । थोरै जमिनमा घरहरु बनाएर बस्नु पर्ने बाध्यता छ । यस्तो अवस्थामा आफुलाई फलाएर खान मन लागेका टमटर, आलु तथा केहि साग सब्जी रोप्ने जमिन छैन ।
यस्तो अवस्थामा घरकै छटलाई सदुपयोग गर्ने हो भने आफुलाई चाहिने जती तरकारी उत्पादन गराउन सकिन्छ भन्ने कुरा थाह पाएर वडाले यसको विधि र तरिका सिकाउन कौशी खेती तथा प्राग्रारिक मलको उत्पादन र प्रयोग सम्बन्धमा तालिम गर्ने कार्यक्रम राख्यो ।
वडाको १ लाख रुपैँया बजेटमै यहाँ आवश्यक पर्ने तरकारी उत्पादन हुन सक्छ भने किन नगर्ने भन्ने भएकोले यो तालिमको शनिबार उद्धघाटन गरेर सुरुवात गरियो ।
यसले घरमा चाहिने तरकारी वर्षैभरी सम्म पुग्ने गरि उत्पादन गर्न सिकाउने र यसबाट आफुमा कम्तिमा तरकारी तथा भान्सामा प्रयोग हुने चामल , नुन, तेल बोहकका सामाग्रीमा आत्मनिर्भर समेत बनाउन सक्ने भएकोले तालिम आयोजना गरिएको वडाध्यक्ष दिपेश दाहालले बताउनु भयो ।
तालिममा वडाका करिव ३० जना महिलाहरु सहभागी छन् । दुई दिन सम्म सञ्चालन हुन तालिमको आईतबार समापन हुँदै छ ।
यस सम्बन्धीको भिडियो यहाँ राखीएको छ ।










