कागतीखेतीबाट वार्षिक रु २० लाख आम्दानी

 

 मोरङ  / सूर्योदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो गाउँको बीचमा रहेको उहाँको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ । उमेरले ४५ वर्ष टेक्नुभएका उहाँले दुई बिघा क्षेत्रफलमा लगाएको कागती देखेरे सबैले प्रशंसा गर्दछन् ।

मोरङको पथरी शनिश्चरे–२ कालापानीमा रहेको पथरी कृषि फार्मबाट सन्तुष्ट हुनुहुन्छ उहाँ । लामो समय विदेशमा परिश्रम गर्नुभएका न्यौपाने आर्थिक अवस्था परिवर्तन नभएपछि चार वर्षअघि कृषि पेसामा फर्कनुभएको थियो । उहाँलाई कागतीले यतिबेला राम्रो प्रतिफल दिन थालेको छ ।

दुई बिघा क्षेत्रफल भाडामा लिएर कागतीखेतीसँगै नगदे बाली गर्दै आउनुभएको छ । यतिबेला उहाँको बगानमा लटरम्मै कागती फुलेका र फलेका छन् ।  बगानमा एक हजार दुई सय कागतीका बोट छन ।  फार्मले तीन जनालाई रोजगारी दिएको छ । बजारको भाउअनुुसार फल बेच्नुपर्ने हँुदा कागतीको यकिन मूल्य भने छैन । फार्ममा दाना प्रतिगोटा रु तीन र बिरुवा प्रतिगोट रु ८० का दरले बिक्री हुँदै आएको छ ।

उहाँ भन्नुहुन्छ,“चार वर्षअघि रु ३२ लाख लगानीमो कागतीखेती सुरुआत गरेँ । अहिले उखु, साग, केराउ, प्याज, लसुनलगायतका नगदे बाली छन् ।” बगानमा वार्षिक रु सात लाख दाना र १० हजारभन्दा बढीको बिरुवा उत्पादन हुने गरेको छ । कागती र बिरुवाले राम्रो उत्पादन दिन थालेपछि धेरै टाढाका कृषकले पनि खरिद गर्ने गरेका छन् । बिरुवा बिक्रीबाट रु आठ लाखसम्म आम्दानी हुने गरेको छ । कागतीको दाना र बिरुवाबाट वार्षिक रु २० लाखमाथि आम्दानी हुने गरेकोे कृषक न्यौपाने बताउनुहुन्छ ।

कागतीका बोट हुर्किँदै जाँदा क्याङ्गस र फङ्मसजस्ता रोगले निकै सताउने गरेको उहाँले बताउनुभयो । कृषि प्राविधिकिसमेत रहनुभएका न्यौपाने रोगले सताएमा बोटले राम्रो उत्पादन दिन नसक्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ , “ग्रामीण भेगका यस्ता फार्मले राज्यबाट अनुदान पाउन निकै झन्झट ब्यहोर्नुपरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी विस्तार र सुदृढ गर्न ओलीको निर्देशन

काठमाडौं ,५ मंसिर। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी रूपमा विस्तार र सुदृढ गर्न निर्देशन दिनु भएको छ। फोर्सको

आन्दोलन घोषणा भए युवा पङ्क्ति अग्रपङ्क्तिमा उत्रिने एमाले सचिव बस्नेतको चेतावनी

काठमाडौं ,५ मंसिर। नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारविरुद्ध पार्टीले आन्दोलन घोषणा गरे युवा पङ्क्ति अग्रपङ्क्तिमा उत्रिने बताँउनु भएको छ। नेशनल भोलिन्टियर फोर्सको प्रथम

घुँडाको क्यान्सरबाट पीडित रोशनलाई पराजुली समाजको ३३ हजार ५०० रुपैयाँ सहयोग

दमक, ५ मंसिर । घुँडाको क्यान्सरबाट पीडित झापाका ३२ वर्षीय रोशन पराजुलीको उपचारका लागि पराजुली समाज नेपालका विभिन्न कमिटीले आर्थिक सहयोग गरेका छन् ।झापा जिल्ला

क्यान्सर पीडितको खेतमा श्रम संस्कृति पार्टीका कार्यकर्ताको श्रमदान

दमक, ५ मंसिर । क्यान्सर रोगसँग संघर्ष गरिरहेकी एक महिलालाई सहयोग पुर्‍याउन श्रम संस्कृति पार्टीका कार्यकर्ता खेतमै पुगेर श्रमदान गरेका छन् ।झापाको भद्रपुर नगरपालिका–२ निवासी

मधेसको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

जनकपुर,५ मंसिर ।मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त हुनु भएको छ ।प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गर्दै

होर्मुज जलमार्गमा माइनमा ठोक्किएर तेल ट्यांकर विस्फोट

काठमाडौं,५ मंसिर । ओमानको खासाब बन्दरगाह प्रवेश गर्ने क्षेत्रमा नौसैनिक माइनमा ठोक्किएपछि एउटा तेल ट्यांकर विस्फोट भएर आगलागी भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बोलपत्र आह्वान

काठमाडौं,५ मंसिर । कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेशको महत्त्वाकांक्षी खेल पूर्वाधार आयोजनाका रूपमा रहेको रंगशाला निर्माणका