दमक/
गाउँमा विकास भएको अनुभूति त्यहाँका पुराना केहि संरचना परिवर्तन भए मात्रै थाह हुदो रहेछ । जनप्रतिनिधि आएपछि गाउँमा पनि विकासको अनुभूति त्यस क्षेत्रका नागरिकले गर्न थालेका छन् । यस्तै परिवर्तन भएको छ झापाको बैगुन्धुरा बजार पनि । पुराना टहरा हटाएर अहिले त्यहाँ आधुनिक बजार निर्माण गरिएको छ । जुन हेर्दा साँच्चै मनामोहक पनि छ ।
पूर्व पश्चिम राजमार्ग अन्तगर्त झापाको केर्खाबाट करिव २५ किलोमिटर दक्षीण पुगेपछि बैगुन्धुरा पुगिन्छ । पहिला केखा-बैगुन्धुराको सडक निकै कच्ची थियो जताततै खाल्डा खुल्डी । तर अहिले केर्खा-बैगुन्धुरा सडकको पुराना सबै खाल्डा पुरिएका छन् । सडक केहि ठाउँ बाहेक पुरै कालोपत्रे बनेको छ । कालोपत्रे सडकै सडक गएपछि पुगिन्छ बैगुन्धुराको मुख्य बजार ।
यो बजार पहिला साना झुप्प्रा टहरा थीए । बजार लाग्ने ठाउँ उती सफा पनि थिएन । जस्लाई जहाँ मन लाग्यो त्यहि बजार बस्थ्यो । अव्यवस्थित यो बजार अहिले भने निकै आकर्षक देखिएको छ । हेर्दा लाग्छ यो कुनै बजार नभएर आन्तरिक पर्यटक भित्राउने पर्यटकिय गन्तव्य हो । बजारको बिचमा पानीको फोहोरा समेत झर्ने गरिकोको स्तम्भ बनाइएको छ । वरिपरी रङ्गी बिरङ्गी बत्ती छन् । व्यवसायीलाई आफ्नो दोकान राख्ने सुरक्षीत टहरा पनि बनाइएको छ । यस्तो सुविधायूक्त बजार बनेपछि यहाँका स्थानीय व्यवसायीहरु निकै उत्साहि पनि भएका छन् ।
तर यो बजार निर्माण त्यति सजिलै पनि बनेन । यहाँ वर्षौदेखी ब्यापार गरेर बसेका ब्यापारीहरुले टहरा बनाएर ब्यापार गर्दथे । उनीहरुले हत्तपत्त त्यो टहरा छोड्न मानेन् । गौरादह नगरपालिका र वडा नं ९ को कार्यालयले पटक पटक सुचना जारी गर्दा समेत केहि अटेर ब्यापारीहरु एक डेग हल्लिएनन् । पछि वडाकार्यालयले प्रशाषनलाई राखेर जबरजस्ती डोजर चलाएर बजार हटाउनु परेको थियो ।
धेरैको गाली र भनाई सहेर अहिले बैगुन्धुराको स्वरुपनै बदल्ने गरिको बजार निर्माण गर्न सम्भव भएको बजार निर्माण तथा रेखदेख समिती अध्यक्ष सिताराम पोखरेल बताउनु हुन्छ ।
गाउँमा न्यूनतम पूर्वाधार पनि नभएपछि गाउँका मानीस शहर केन्द्रित भए । अहिले गाउँमा बिस्तरै नागरिकलाई आवश्यक पर्ने पूर्वाधार पनि बनीरहेका छन् ।गाउँ छोडेर शहर गएकाहरुलाई अहिले गाउँनै फर्काउन वडा कार्यालयले योजना बनाएर काम गरिरहेको छ । गौरादह नगरपालिका वडा नं ९ काका वडाध्यक्ष सिताराम भट्टराई सुविधायूक्त बजार खोजेर बैगुन्धुराबाट शहर गएकाहरुलाई बजार देखेर आफ्नै गाउँ फर्कन सक्ने विस्वास गर्नु हुन्छ ।
नयाँ बजार निर्माण गर्नकालागि शहरी विकास मन्त्रालयबाट २ करोड , गौरादह नगरपालिकाबाट १८ लाख रुपैँया लगानी भएको छ । १५ कट्ठा क्षेत्रफलमा फैलिएको बैगुन्धुरा बजारमा निशुल्क वाईफाई, खानेपानी, फोहोर फ्याक्ने भाडो राख्नका लागि वडाले ३ लाख ५० हजार रुपैँया बजेट पनि छुट्याएको छ ।
नगरपालिकाको १ करोड बजेटले बजारको वरिपरी ३ सय मिटर क्षेत्रमा कालोपत्रे गरिएकोले बजारलाई थप आकर्षक बनाइदिएको छ ।