फेरियो बैगुन्धुरा

फेरियो बैगुन्धुरा बजारको स्वरुप, बजार खोजेर गाउँ छोड्नेलाई पूःन गाउँ फर्काउने योजना

 

दमक/
गाउँमा विकास भएको अनुभूति त्यहाँका पुराना केहि संरचना परिवर्तन भए मात्रै थाह हुदो रहेछ । जनप्रतिनिधि आएपछि गाउँमा पनि विकासको अनुभूति त्यस क्षेत्रका नागरिकले गर्न थालेका छन् । यस्तै परिवर्तन भएको छ झापाको बैगुन्धुरा बजार पनि । पुराना टहरा हटाएर अहिले त्यहाँ आधुनिक बजार निर्माण गरिएको छ । जुन हेर्दा साँच्चै मनामोहक पनि छ ।

पूर्व पश्चिम राजमार्ग अन्तगर्त झापाको केर्खाबाट करिव २५ किलोमिटर दक्षीण पुगेपछि बैगुन्धुरा पुगिन्छ । पहिला केखा-बैगुन्धुराको सडक निकै कच्ची थियो जताततै खाल्डा खुल्डी । तर अहिले केर्खा-बैगुन्धुरा सडकको पुराना सबै खाल्डा पुरिएका छन् । सडक केहि ठाउँ बाहेक पुरै कालोपत्रे बनेको छ । कालोपत्रे सडकै सडक गएपछि पुगिन्छ बैगुन्धुराको मुख्य बजार ।

यो बजार पहिला साना झुप्प्रा टहरा थीए । बजार लाग्ने ठाउँ उती सफा पनि थिएन । जस्लाई जहाँ मन लाग्यो त्यहि बजार बस्थ्यो । अव्यवस्थित यो बजार अहिले भने निकै आकर्षक देखिएको छ । हेर्दा लाग्छ यो कुनै बजार नभएर आन्तरिक पर्यटक भित्राउने पर्यटकिय गन्तव्य हो । बजारको बिचमा पानीको फोहोरा समेत झर्ने गरिकोको स्तम्भ बनाइएको छ । वरिपरी रङ्गी बिरङ्गी बत्ती छन् । व्यवसायीलाई आफ्नो दोकान राख्ने सुरक्षीत टहरा पनि बनाइएको छ । यस्तो सुविधायूक्त बजार बनेपछि यहाँका स्थानीय व्यवसायीहरु निकै उत्साहि पनि भएका छन् ।


तर यो बजार निर्माण त्यति सजिलै पनि बनेन । यहाँ वर्षौदेखी ब्यापार गरेर बसेका ब्यापारीहरुले टहरा बनाएर ब्यापार गर्दथे । उनीहरुले हत्तपत्त त्यो टहरा छोड्न मानेन् । गौरादह नगरपालिका र वडा नं ९ को कार्यालयले पटक पटक सुचना जारी गर्दा समेत केहि अटेर ब्यापारीहरु एक डेग हल्लिएनन् । पछि वडाकार्यालयले प्रशाषनलाई राखेर जबरजस्ती डोजर चलाएर बजार हटाउनु परेको थियो ।

धेरैको गाली र भनाई सहेर अहिले बैगुन्धुराको स्वरुपनै बदल्ने गरिको बजार निर्माण गर्न सम्भव भएको बजार निर्माण तथा रेखदेख समिती अध्यक्ष सिताराम पोखरेल बताउनु हुन्छ ।

गाउँमा न्यूनतम पूर्वाधार पनि नभएपछि गाउँका मानीस शहर केन्द्रित भए । अहिले गाउँमा बिस्तरै नागरिकलाई आवश्यक पर्ने पूर्वाधार पनि बनीरहेका छन् ।गाउँ छोडेर शहर गएकाहरुलाई अहिले गाउँनै फर्काउन वडा कार्यालयले योजना बनाएर काम गरिरहेको छ । गौरादह नगरपालिका वडा नं ९ काका वडाध्यक्ष सिताराम भट्टराई सुविधायूक्त बजार खोजेर बैगुन्धुराबाट शहर गएकाहरुलाई बजार देखेर आफ्नै गाउँ फर्कन सक्ने विस्वास गर्नु हुन्छ ।

नयाँ बजार निर्माण गर्नकालागि शहरी विकास मन्त्रालयबाट २ करोड , गौरादह नगरपालिकाबाट १८ लाख रुपैँया लगानी भएको छ । १५ कट्ठा क्षेत्रफलमा फैलिएको बैगुन्धुरा बजारमा निशुल्क वाईफाई, खानेपानी, फोहोर फ्याक्ने भाडो राख्नका लागि वडाले ३ लाख ५० हजार रुपैँया बजेट पनि छुट्याएको छ ।

नगरपालिकाको १ करोड बजेटले बजारको वरिपरी ३ सय मिटर क्षेत्रमा कालोपत्रे गरिएकोले बजारलाई थप आकर्षक बनाइदिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोसीको बाढिले कति जलविद्युत आयोजना बगे? यस्तो छ विवरण

काठमाडौ , १० भदौ । रसुवामा भोटेकोसी नदीमा आएको अप्रत्याशित बाढीका कारण विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्। ऊर्जा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार बाढीका कारण

भोटेकोसी बाढीले बैंक तथा वित्तीय संस्थामा क्षति,विवरण सङ्कलन गर्न समस्या

काठमान्डौ,१० भदौ । भोटेकोसी नदीमा आएको बाढीले रसुवाका विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा क्षति पुगेको छ। टेलिफोन सम्पर्क अवरुद्ध हुँदा क्षतिको यकिन विवरण

चिनसँग समन्वय खोज्दै सुरक्षा निकाय, बाढीको कारण अझै पत्तो लागेन

काठमाडौ , १० भदौ । रसुवामा बुधबार बिहान एक्कासि आएको भीषण बाढीको कारण अझै खुल्न सकेको छैन। मंगलबार राति वा बुधबार बिहान रसुवा लगायतका क्षेत्रमा

तिब्बततर्फ हिमताल फुट्दा भोटेकोसीमा बाढी आएको आशंका

काठमान्डौ,१० भदौ ।तिब्बततर्फको माथिल्लो क्षेत्रमा हिमताल फुटेपछि आएको बाढीका कारण बुधबार बिहान भोटेकोसी नदीमा एक्कासि जलसतह बढेको आशंका गरिएको छ। बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो

रसुवामा बाढी, ९ सशस्त्र प्रहरीमध्ये ५ जना सम्पर्कमा

काठमाडौं,१० भदौ ।  रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा ड्युटीमा खटिएका ९ सशस्त्र प्रहरीमध्ये ५ जना सम्पर्कमा आएका छन् भने ४ जना अझै बेपत्ता छन्।

बस्ने भयो मन्त्रीपरिषदको बैठक

काठमाडौ , १० भदौ | रसुवामा अप्रत्याशित बाढी आएपछि प्रधानमन्त्री वालेन्द्र शाहले केही बेरमा मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक