दमक/
दमकमा फोहोर नउठेको आज दुई दिन भयो । गत शनिबार रकम संकलन गर्ने सन्दर्भमा उत्पन्न भएको विवाद र झडप पछि त्यसको विरुद्धमा मजदुरहरुले फोहोर संकलन गर्नै छाडेका हुन ।
शनिबार बिहान १० बजे तिर बजार स्थित शंखधर चोकको सिग्देल डिपार्टमेण्टमा फोहोर संकलनको सुल्क उठाउन जाँदा विवाद सिर्जना भएको थियो ।
डिपार्टमेण्डका सञ्चालक लोकनाथ सिग्देलले २ वर्ष भन्दा धेरै समय देखी नगरपालिकाले तोकेको शुल्क समेत नदिएको र बिचमा कयौ छुटका कुरा गर्दा समेत वक्यौता रकम तिर्न आनाकानी गर्दै आउनु भएको फोहोर संकलनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालि दमकले जनाएको छ ।
सो छुट बराबरको शुल्क लिन शनिबार कर्मचारी जाँदा सिग्देलले नदिएको र उल्टै असम्बन्धित व्यक्तिहरुलाई बोलाएर कर्मचारी माथी दुव्र्यावहार र हातपात गरेको दावि कर्मचारीहरुले गरेका छन् ।
यस विषयमा दुई पक्षलाई राखेर हिजो वडा नं ६ को कार्यालयमा छलफल पनि भएको थियो । छलफलमा डिपार्टमेण्ट अगाडी फोहोरका ट्याक्टर र गाडीहरु दोकाननै छेक्ने गरि राखेको र केहि फोहोर समेत त्यहाँ फाल्न थालेपछि आफुले केहि साथीहरुलाई बोलाएर अवस्था देखाउन खोजेको कुरा सिग्देलले स्विकार गर्नु भएको छलफलमा सहभागी वडा नं ६ का वडा सदस्य कमल श्रेष्ठले उज्यालो खवरलाई जानकारी दिनुभयो ।
छलफलमा क्रममा फोहोर संकलन गर्ने कर्मचारीका तर्फबाट कम्पनीले जहाँ र जसरी माफि माग्नु पर्ने हो त्यसको जिम्मा आफुले लिएर माफि माग्ने कम्पनीका प्रबन्ध निर्देशक बिमल खतिवडाले बताउनु भएको थियो ।
सुल्क तिर्ने सन्दर्भमा सिग्देलले तोकिएको शुल्कका बारेमा आफुलाई कुनै जानकारी नभएको बताउनु भएको थियो । उहाँको मिनि डिपार्टमेण्ट भएको कारणले नगरपालिकाले त्यस्ता ग्रोसरी पसललाई मासिक ५ सय रुपैँया तिर्नु पर्ने नियम बनाएको छ ।
यो नियम विगत ३ वर्ष अघी नै बनाइएको हो । सबै तिर नगरपालिकाले तोकेको शुल्क अनुसारनै सेवा सुल्क लिएर फोहोर संकलनको काम गरिरहेको तर सिग्देलकोमा मात्रै यस्तो समस्या आएको खतिवडाले बताउनु भएको थियो ।
छलफलमा नगरपालिकाले तोके बमोजिमको शुल्क नियम अनुसार सिग्देलले तिर्नु पर्ने अडान कम्पनीले गरेको छ । सिग्देलले नियमको बारेमा आफुलाई प्रष्ट नभएकोले अव मात्रै यसबारेमा पूणर् जानकारी भएको भन्दै पूःन विचार गरिदिन माग गर्नु भएको थियो ।
यता मजदुर माथी भएको दुव्र्यहारका बारेमा कर्मचारीहरुसँग बसेर आत्मालोचना गर्दै काम अघी बढाउन छलफलमा सहभागीहरुले अनुरोध गरेका थीए ।
तर कर्मचारीहरुले दमकका केहि व्यापारीहरुले आफुहरुलाई तल्लो स्तरको व्यहावर गर्ने, अपमान गर्ने, तोकिएको सुल्क संकलन गर्न जाँदा गाली गलौज गर्नुकासाथै हातपात समेत गर्ने गरेको समस्या राख्दै फोहोर उठाउँने काम रोकेका छन् ।
यी कुराहरु अव उपारन्त नगर्ने प्रतिवद्धता दमकका उद्योगि व्यवसायीको तर्फबाट नगर्ने प्रतिवद्धताका साथै गत शनिबार हात पात गर्नेहरुले सार्वजनिक माफि नमागे त्यसका विरुद्धमा किटानी जाहेरी दिने मनासयका साथ कर्मचारी बसेको कम्पनीका सुपरभाईजर सुमन श्रेष्ठले बताउनु भयो ।
यसै गरि महिला कर्मचारीहरु माथि निरन्तर हुँदै आएको दुव्र्यबार हट्नु पर्ने, बजारको मुख्य क्षेत्रमै सडक बत्ति नभएका कारण राम्रोसँग सफाई गर्न समस्या भएकोले ती समस्या समाधान गरिदिन पनि कर्मचारीले माग गरेका छन् । उपरोक्त माग पुरा नभएसम्म कम्पनीले फोहोर नउठाउने आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।