दमक/
दुईदिन देखि दमकको फोहोर नउठेपछी दमक नगरपालिका वडा नम्बर ६ मा दुईपटक छलफल भयो ।
घटना यहि वडामा भएका कारण यहाँ निरन्तर छलफल गरिएको र विवाद मिलाउन आफुले सबै भुमिका निर्वाचन गर्ने वडा नम्बर ६ का वडा अध्यक्ष टेक बहादुर थापाले दोस्रो पटकको छलफलको सुरुवातमै बताउनु भयो ।
यस अघी घटनामा दोषी मानिएका ब्यक्तिहरु स्वयं आएर माफी नमागे सम्म आफुहरु फोहोर नउठाउने भन्दै फोहोर संकलनको जिम्मा लिएको नेक्स्ट इरा इनर्जिका कर्मचारीहरुले हडताल गरेका थिए ।
तर वडा अध्यक्ष थापाले हात जोडेर बिन्ती गर्दै माफी माग्नु भयो, दुर्ववहार गर्नेहरुलाई वडामै बोलाएर आत्मालोचना गर्न लगाउछु भन्ने प्रतिबद्धता जनाउनु भयो अनि अब उपरान्त यस प्रकारको दुर्ववहार नहोस भन्न र सुल्क संकलनमा समेत वडाले समन्वय गर्ने सबै सामु भने पछि मजदुर काममा फर्कन थालेका हुन ।
छलफलमा वडाका विभिन्न सरोकारवालाको सहभागीता रहेको थियो तर कर्मचारीले आरोप लगाएका ब्यक्ति तथा समुहका प्रतिनिधि भने सहभागी थिएनन ।