दमकमा बाढी पीडितलाई राहत वितरण

दमक/
दशैको समयमा रतुवा नदिमा आएको बाढीका कारण बिस्थापित भएकाहरुलाई राहत वितरण गरिएको छ । दमकमा रहेका लायन्स क्लबहरुले सन्चालन गरेको लायन्स फुड बैंक मार्फत खाद्यान्न बितरण गरिएको हो ।
लायन्सकर्मी रिङ कुमार आचार्यको पहलमा भएको दमक ७ स्थित बाढी पीडितहरुलाई बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि यहाका चौध घरपरिवारलाई खाद्यान्नका विभिन्न सामाग्री वितरण गरिएको कार्यक्रम संयोजक आचार्यले जानकारी दिनु भयो ।

२५ केजि चामल, ,भुजा तीन केजि ,दाल ३ केजि , तेल २ लिटर वितरण गरिएको हो । यस्तै नुन १ केजि र साबुन ६ वटा (नुहाउने ३ लुगा धुने ३ ) वितरण गरिएको छ ।
स्थानिय जनप्रतिनिधि सहितको टोलिसग लायन्सकर्मी आचार्य सहितको टोलिले प्रभावित क्षेत्रको अनुगमन गरेर पीडितहरुको नाम छनौट गरिएको उहाले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धार्मिक र सांस्कृतिक महत्वका साथ देशभर साउने सङ्क्रान्तिको रौनक

काठमाडौं,१ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ । साउने

नयाँ करार नियुक्तिमा रोक, ’पुल’मा रहेका कर्मचारीबाटै व्यवस्थापन गरिने

काठमान्डौं ,१ साउन। सरकारले अब रिक्त वा नयाँ स्थापना भएका सरकारी निकायहरूमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त नगर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन

दमकमा पूँजिगत भन्दा चालु खर्च धेरै, खर्चको विवरणले यस्तो देखायो दमकको चित्र

दमक,१ साउन । दमक नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को खर्च विवरणले विकास निर्माणभन्दा प्रशासनिक तथा चालु खर्चले प्राथमिकता पाएको देखिएको छ । तथ्यांकअनुसार नगरपालिकाले पूँजीगत

दमक नगरपालिकाको सेवा प्रवाहबारे नागरिकको प्रतिकृया कस्तो ? यी कुरामा सुधार गर्नु पर्ने देखियो नागरिक रिपोर्ट

दमक, १ साउन ।स्थानीय सरकारप्रति नागरिकको विश्वास बढ्दै गएको संकेत दमक नगरपालिकामा गरिएको नागरिक प्रतिवेदन (सिटिजन रिपोर्ट कार्ड) ले देखाएको छ। नगरपालिकाबाट सेवा लिने अधिकांश

मिटरब्याज पीडित र सरकारबीच आजै लिखित सम्झौताको तयारी, सिंहदरबारमा निर्णायक वार्ता जारी

काठमाडौँ, १ साउन । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी तीव्र पारिएको छ। यसअघि दुवै पक्षबीच

देशका तीन राजमार्ग अझै पूर्णरुपमा अवरुद्ध

काठमाडौं,१ साउन । लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण