अदुवा, अलैँची र प्लाइउडको निर्यात बढ्यो

 

झापा / नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ। पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो। मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्ष २०७९-८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट ४० करोड ६१ लाख १८ हजार मूल्य बराबरको एक करोड २५ लाख ४७ हजार छ सय ९० केजी अदुवा र सुठो भारत निर्यात भएको छ।

गत आव २०७८-७९ को सोही आठ महिनाका अवधिमा काँकडभिट्टा भन्सार हुँदै नेपालबाट १७ करोड १७ लाख २१ हजार मूल्य बराबरको ५३ लाख ७४ हजार पाँच सय केजी अदुवा र सुठो भारत निकासी भएको थियो। उक्त आवको १२ महिनामा भने ३२ करोड ५४ लाख ३५ हजार मूल्य बराबरको एक करोड एक लाख ७८ हजार एक सय ५० केजी अदुवा र सुठो भारत निकासी भएको थियो।

यसैगरी चालु आव २०७९-८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट रु पाँच अर्ब ८४ करोड ४६ लाख ७२ हजार मूल्य बराबरको ७२ लाख २१ हजार तीन सय ७४ केजी अलैँची भारत निर्यात भएको छ। गत आव २०७८-७९ को सोही आठ महिनाको अवधिमा नेपालबाट रु तीन अर्ब २२ करोड २७ लाख २२ हजार मूल्य बराबरको ३५ लाख ८४ हजार २२ केजी अलैँची भारततर्फ निकासी भएको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ। उक्त आवको १२ महिनामा भने रु चार अर्ब ७६ करोड ४३ लाख ८६ हजार मूल्य बराबरको ५२ लाख ८० हजार चार सय ४२ केजी अलैँची भारत निकासी भएको थियो।

मेची भन्सार कार्यालयले जनाएअनुसार चालु आव २०७९-८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट रु एक अर्ब १० करोड ९१ लाख मूल्य बराबरको तीन करोड ६८ लाख ६८ हजार छ सय छ क्युविक फिट प्लाइउड भारत निर्यात भएको छ। गत आव २०७८-७९ को सोही आठ महिनाको अवधिमा नेपालबाट रु २९ करोड सात लाख चार हजार मूल्य बराबरको चार लाख ६४ हजार चार सय ५८ क्युविक फिट प्लाइउड भारत निकासी भएको थियो। उक्त आवको १२ महिनामा भने रु १० करोड ८० लाख ५२ हजार मूल्य बराबरको २४ लाख ५० हजार आठ सय २२ क्युविक फिट प्लाइउड भारत निकासी भएको थियो।

पूर्वी पहाडका जिल्लामा अलैँची र अदुवाको खेती हुने गरेको छ भने प्लाइउडका कारखाना अधिकांश यहाँ जिल्लामा रहेका भएता पनि यसको कच्चा पदार्थका रूपमा प्रयोग हुने रुखहरू भने पहाडी जिल्लाबाटै आउने गरेको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी विस्तार र सुदृढ गर्न ओलीको निर्देशन

काठमाडौं ,५ मंसिर। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी रूपमा विस्तार र सुदृढ गर्न निर्देशन दिनु भएको छ। फोर्सको

आन्दोलन घोषणा भए युवा पङ्क्ति अग्रपङ्क्तिमा उत्रिने एमाले सचिव बस्नेतको चेतावनी

काठमाडौं ,५ मंसिर। नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारविरुद्ध पार्टीले आन्दोलन घोषणा गरे युवा पङ्क्ति अग्रपङ्क्तिमा उत्रिने बताँउनु भएको छ। नेशनल भोलिन्टियर फोर्सको प्रथम

घुँडाको क्यान्सरबाट पीडित रोशनलाई पराजुली समाजको ३३ हजार ५०० रुपैयाँ सहयोग

दमक, ५ मंसिर । घुँडाको क्यान्सरबाट पीडित झापाका ३२ वर्षीय रोशन पराजुलीको उपचारका लागि पराजुली समाज नेपालका विभिन्न कमिटीले आर्थिक सहयोग गरेका छन् ।झापा जिल्ला

क्यान्सर पीडितको खेतमा श्रम संस्कृति पार्टीका कार्यकर्ताको श्रमदान

दमक, ५ मंसिर । क्यान्सर रोगसँग संघर्ष गरिरहेकी एक महिलालाई सहयोग पुर्‍याउन श्रम संस्कृति पार्टीका कार्यकर्ता खेतमै पुगेर श्रमदान गरेका छन् ।झापाको भद्रपुर नगरपालिका–२ निवासी

मधेसको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

जनकपुर,५ मंसिर ।मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त हुनु भएको छ ।प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गर्दै

होर्मुज जलमार्गमा माइनमा ठोक्किएर तेल ट्यांकर विस्फोट

काठमाडौं,५ मंसिर । ओमानको खासाब बन्दरगाह प्रवेश गर्ने क्षेत्रमा नौसैनिक माइनमा ठोक्किएपछि एउटा तेल ट्यांकर विस्फोट भएर आगलागी भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बोलपत्र आह्वान

काठमाडौं,५ मंसिर । कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेशको महत्त्वाकांक्षी खेल पूर्वाधार आयोजनाका रूपमा रहेको रंगशाला निर्माणका