दमक/
यमाहा कम्पनीको नयाँ मोटरसाईल एफजेड भित्री कनेक्ट एक्सको लञ्च गरिएको छ ।
दमकमा रहेको आधिकारिक विक्रेता कृषभ कमर्सियल कम्पनी प्रालिमा सो मोटर साईकलको लञ्च गरिएको हो ।
दमक उद्योग वाणिज्य सघंका अध्यक्ष गोकुल श्रेष्ठ , विक्रेता कम्पनीका प्रोप्राईटर सञ्जु पराजुली र कम्पनी प्रतिनिधी अयज सिघंले संयूक्त रुपमा सो मोटरसाईकलमा ओडाइएको रातो कपडा उघारेर लञ्च गरेका हुन ।
यो मोटरसाईकल मोवाईल एप्स मार्फत ब्लुतुथमा जडान गरेर सञ्चालन गर्न सकिने भएकोले अन्य मोटरसाईकल भन्दा सुरक्षीत रहने कृषभ कम्पनीका सेल्स इन्चार्ज आरती संग्रौलाले जानकारी गराउनु भयो ।
३ लाख ८९ हजार ९०० नेपाली बजार मुल्य रहेको यो मोटरसाईकल हिजो मात्र नेपाल आएको हो । यो बाईकले नेपाली मोटरसाईकल पारखीहरुको मन जित्ने विस्वास गरिएको सञ्चालक सञ्जु पराजुलीले बताउनु भयो ।