ऋणीलाई हरेस नखान सांसद सावाको आग्रह

 

दमक /
पछिल्लो समय विभिन्न ब्यक्तिहरुले आत्महत्या गरिरहेका छन ।यस्तो घटना हुनुको कारण आर्थिक तनाव र यसमा बैंक तथा बित्तीय सस्थाले दिने विभिन्न खाले धम्की भएको हुन सक्ने उद्योगी ब्यबसायीहरुले आकलन गर्नेगरेमा छन ।

तर के आत्महत्या गर्दैमा ती समस्या समाधान हुन्छन् त? के ती भएका सबै ऋण मिनाहा हुन्छन त? झापा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य तथा नेपाल उद्योग व्यबसायी महासंघका अध्यक्ष एल पि सावाले प्रश्न गर्नु भयो । उहाँ भन्नू हुन्छ जिन्दगीसग भागेर हैन संघर्ष गरेर जिउने हो । कमजोर आत्मबल बनाउनु हुदैन ।

 

महासंघको दमक नगर कमिटीले दमकमा आज आयोजना गरेको नयाँ बर्ष विशेष शुभकामना आदनप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रममा बोल्दै सांसद साँवाले आर्थिक मन्दीको कारण व्यापार व्यवसाय अहिले सुस्त रहेको अवस्थामा व्यवसायीहरुले कर्जा तिर्न नसक्ने अवस्था सिर्जना भएका कारण बजारमा सुधार आएपछि व्यवसायीहरु आफैं कर्जा तिर्न तयार हुनुपर्ने उल्लेख गर्नु भयो ।

 

महासंघका कोशी प्रदेश कमिटी अध्यक्ष गणेश बस्नेतले सो संगठनले सुखी नेपाली समृद्ध नेपालको सपना साकार बनाउन महासंघले ल्याएका कार्यक्रमहरु सार्थक हुने चर्चा गर्नु भयो ।

उहाले दमकमा सो संगठनले सदस्यता विस्तार तथा व्यवसायिक हित कोषका अवधारणा ल्याउनुपर्ने सुझाव समेत दिनु भयो । सो कोषमा उहाले आफनो तर्फबाट ५१ हजार रुपैयाँ प्रदान गर्ने पनि घोषणा गरे ।

महासंघका नगर कमिटी अध्यक्ष रमेश लुइँटेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष लोकनाथ सापकोटाले स्वागत मन्तव्य राख्नुका साथै कार्यक्रमको सञ्चालन सचिव निरोज आचार्यले गर्नु भएको थियो ।

 

 

Share:

Facebook
Twitter
Email
WhatsApp