तरकारीको तरलता

तिहारमा पनि सस्तो भएन तरकारी, महगो मुल्य तिर्न बाध्य उपभोक्ता

 

दमक/
दशैमा महगींएको तरकारी बजार तिहारमा केहि सस्तीने आशामा उपभोक्ता थिए । तर त्यो भएन । यो वर्षको तिहारमा पनि हरियो सागसब्जीको मुल्य निकै महगो छ । अघिल्ला वर्षको तिहारमा दशै भन्दा कम मुल्यमै खरिद गर्ने उपभोक्ता यो वर्षको तिहारमा भने माहगोमै तरकारी खरिद गर्न बाध्य भएका छन् ।

झापा दमक ५ की आशा लिम्बु दमक ६ स्थित सब्जी मण्डीमा तरकारी खरिद गर्दै हुनुहुन्थ्यो । उहाँ तिहारका लागि आवश्यक पर्ने हरियो सागसब्जी खरिद गर्न बजार जानु भएको थियो । तर मुल्य छोइनसक्नुको रहेछ । न भनेजस्ता तरकारी नै खरिद गर्न पाइएको छ । उहाँले यस्तै महगी कायमै रहने हो भने तरकारी किने खानै पो नसकिने हो कि भन्ने चिन्ता बढेको बताउनु भयो ।

इलाम चुलाचुली गाउँपालिका वडा नं ४ का नर बहादुर बुढाथोकी पनि यहि सब्जी मण्डीमा भेटिनु भयो । उहाँले मोटरसाईलमा प्याजको बोरा बाँध्नु भएको थियो । गाउँमा केहि तरकारी फलाएर ल्याउने र यहाँ बेच्ने । त्याि बेचेर आएको पैसाले आफुले फलाउन नसकेको तरकारी खरिद गर्ने गरि उहाँ दमक आउनु भएको थियो । उहाँले उत्पादन गरेर ल्याएको तरकारीको मुल्य लगानी समेत नउठ्ने गरि ब्यापारीले दिने तर ब्यापारीबाट आफुले उपभोक्ता बनेर खरिद गर्दा निकै महगौमा खरिद गर्नु परेको उहाँले सुनाउनु भयो ।

सामान्यरुपमा दशै पछिको तरकारी बजार केहि सस्तीनु पर्ने हो । तर यो वर्ष दशै र तिहारको बजार मुल्यमा कुनै फरक देखिएन । दशै नसकिदै बेमौसी वर्षा भएका कारण बारीमा उत्पादन भएका तरकारी सबै नष्ट भएको र विभिन्न ठाउँका सडक अझै पूणर् मात्रामा खुल्न नसकेका कारणले गर्दा बजारमा तरकारीको अभाव पनि छ । त्यसैैले सिमित तरकारी भएको कारण मुल्य केहि महंगो भएको तरकारी तथा फूलफूल व्यवसायी सघं दमकका अध्यक्ष कुमार श्रेष्ठको दावी छ ।

दमकमा अहिले आएका तरकारीहरु प्राय गरेर भारतका हुन । बेमौसमी वर्षातका कारण स्थानीय उत्पादन बाहिर निस्कन नपाएका कारण अहिले बजारमा पर्याप्त तरकारी पनि छैनन् ।यहाँका किसानहरुको उत्पादन बाहिर निस्कन थालेपछि तरकारीको मुल्य पनि घट्ने र तरकारी पनि पर्याप्त उपलब्ध हुने बताइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले