दमक/
दमक बजारमा रहेको नमुना बजार कुनै बेला हेर्दा निक्कै चमकदार थियो । रातमा झिलिमिल बत्ती बल्थ्यो । पानीको फोहोर निस्कने वाटर फाउण्डेशन थियो । पानी निस्किरहन्थ्यो । दिन भरी अनी साँझ पनि । बाटो पनि चटक्क परेको सफा सुन्दर । बिच बिचमा बस्ने फलैँचा । विभिन्न खानेकुराका स्टलहरु पनि थीए । दमकका कोहि पाहुना आउँदा दमकका नमुना बजार हेर्न जाउँ भनेर देखाउने ठाउँ थियो यो ।
तर अहिले यो दिनानुदिन जिणर् भन्दै गएको नेपाल उद्योग तथा व्यवसायी महासघं दमक नगर कमिटीको ठहर छ । यसलाई पुरानै स्वरुपमा फर्काउने अभियानमा महासघंले विभिन्न कार्यक्रम गर्न थालेको पनि अध्यक्ष रमेश लुईटेलले जानकारी दिनुभयो ।
‘हामीले दमक नगरपालिका वडा नं ६ को कार्यालयलाई ध्यानाकर्षण गराइसकेका छौ, हाम्रो आफ्नै सकृयता समेत बढाउन सरसफाई अभियनको थालनी भएको छ । यो काम शनिबार सम्म रहने छ । ’अध्यक्ष लुईटेलले उज्यालो खवरसँगको कुराकानीमा बताउँनु भयो ।
आज बिहान देखि सुरु भएको सरसफाई अभियनमा दमकका विभिन्न व्यवसायीहरुको उपस्थित रहेको थियो ।
भिडियोमा हेरौ ।