कृषकलाई अनुदानमा कृषि उपकरण तथा सामाग्री वितरण

 

वराहक्षेत्र  /  वराहक्षेत्र नगरपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण तथा सामाग्री वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत साना व्यावसायिक कृषि उत्पादन केन्द्र मकै पकेट र तरकारी पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत कृषक समूह र कृषि सहकारी मार्फत कृषकहरूलाई उपकरण वितरण गरेको हो ।

नगरपालिकाका आर्थिक विकास समितिका संयोजक तेजबहादुर गुरुङ्गका अनुसार नगरपालिको वार्षिक स्कीकृत कार्यक्रम अन्तर्गत कृषकहरूलाई उपकरण वितरण गरिएको हो । मकै र तरकारी पकेट क्षेत्र विकास गर्ने उद्देश्यले सहलेश कृषक समूह वराहक्षेत्र-११ मधुवनलाई ५० प्रतिशत अनुदानमा १ थान मकै ( ट्रायक्टर अपरेटेट) थ्रेसर र स्प्रेयर टंकी २२ थान वितरण गरिएको छ ।

तरकारी पकेट कार्यक्रम अन्तर्गत श्रीलङ्का कृषक समूह वराहक्षेत्र ६ र ९ लाई ५० प्रतिशत अनुदानमा  प्याष्टिक टनेल २७ थान, मल्चिङ्ग प्याष्टिक २८ थान, स्प्रे टंकी २२ थान र  त्रीपाल -१५ थान वितरण गरिएको छ ।

त्यस्तै सप्तकोशी कृषक समूह वराहक्षेत्र -७ लाई ५० प्रतिशत अनुदानमा मकै थ्रेसर ५ थान, मकै रोप्ने मेसिन २ थान, स्प्रे टंकी ५ थान र  डेलीभरी पाईप ७५० केजी वितरण गरिएको कृषि विकास शाखाका प्रमुख तुलशा लिम्बुले बताईन् ।

त्यस्तै बहुमुखी कृषि सहकारी समूह वराहक्षेत्र-८ मकै रोप्ने मेसीन १२ थान, त्रीपाल ५० थान र तरकारी पकेट क्षेत्र अन्तर्गत लोकपाल कृषि सहकारी संस्था वराहक्षेत्र-८ मल्चिङ्ग प्याष्टिक ७ थान, प्याष्टिक टनेल ५ थान  र स्प्रे टंकी २२ थान वितरण गरिएको छ ।

सप्तकोशी कृषक समूह वराहक्षेत्र-८ प्याष्टिक टनेल ७ थान, प्लाष्टिक मल्चिङ ९ थान, स्प्रे टंकी ५ थान वितरण गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत साना व्यावसायिक कृषि उत्पादन केन्द्र नयाँ मकै पकेट स्थापना अन्तर्गत १२ लाख र नयाँ तरकारी पकेट स्थापना अन्तर्गत १२ लाख गरी २४ लाख बजेटबाट उक्त कृषि उपकरण तथा सामाग्री नगरपालिकाले कृषि विकास शाखा मार्फत वितरण गरेको नगर प्रमुख रमेश कार्कीले बताए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

निष्पक्ष निर्वाचन गराउने मुख्य जिम्मेवारी सरकारको हो : गगन थापा

काठमाडौं ,४ मंसिर। नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्ने जिम्मेवारी निर्वाचन आयोगको मात्र नभई सरकारको पनि भएको बताँउनु भएको

भुपेन्द्रजंग शाहीद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं ,४ मंसिर। नेपाली कांग्रेसको शेर बहादुर देउवा समूहले गर्न लागेको १५ औं नियमित महाधिवेशनमा नेतृत्वका आकांक्षीहरुले आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् ।विशेषगरी उपाध्यक्ष,

भारत जान लागेका प्रधानमन्त्रीले चिन बारे के भने? किन झस्क्यो चिनिया सरकार बालेन सरकारसँग ?

काठमाडौँ,४ मंसिर ।प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदलाई चीन भ्रमणमा जानुअघि एउटा विषयमा विशेष सावधानी अपनाउन सुझाव दिनु भएको थियो—

राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

काठमाडौं ,४ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र बहादुर शाहीले पार्टीको आगामी केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ।शुक्रबार पत्रकार

प्रधानमन्त्री शाहको भारत भ्रमणको कार्यतालिका सार्वजनिक

काठमाडौं ,४ मंसिर। परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै द्विपक्षीय साझेदारीलाई

प्रधानमन्त्री शाहको भारत भ्रमणमा ५२ व्यवसायी सहभागी हुने

काठमाडौं,४ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा ५२ जना व्यवसायी पनि जाँदै छन् ।परराष्ट्र सचिव अमृत राईका अनुसार प्रधानमन्त्रीको भ्रमण दलमा ३४ जना सदस्य

लालबन्दीमा प्रेमिका भेट्न गएका युवक मृत फेला

सर्लाही,४ मंसिर । सर्लाहीको लालबन्दीमा प्रेमिका भेट्न गएका एक युवक मृत फेला परेका छन् । प्रेमिकाको कोठामा अचेत अवस्थामा भेटिएका हरिपुर्वा नगरपालिका–९, बगेवा गाउँका २०