दमक/
न नाम थाह छ न घरको प्रष्ट ठेगाना । बोल्न आवाज पनि आउँदैन । अपाङ्गगता अन्तर्गतको कानै नसुन्ने अपाङ्गगता भएको हो भनेर दोभाषे समेत राखेर कुरा बुझ्न खोजीयो तव पनि केखि खुल्न सकेन ।
दारी र कपाल सेतै फुलेको छ । हेर्दामा लाग्छ करिव ६५÷७० को उमेर पार गरिसक्नु भएको । गहुगोरो वर्ण भएको । शरिरमा च्यातिएको एउटा पतालो टि सर्ट लगाउनु भएको छ ।
उहाँअहिले दमक स्थित दमक अस्पतालको तस्रो भवनको एउटा कक्षमा हुनुहुन्छ । उहाँलाई यहाँ सम्म चाहि असहाय मानव सेवा समाज भन्ने सस्थाले उद्धार गरेर ल्याएकासस्थाकी अध्यक्ष सजु बुढाथोकी बताउनु हुन्छ ‘हामीले दमक ९ स्थित क्याम्पस मोडमा सडकको किनारमा वेवारिसे अवस्थामा फेला पारेका थीयौ । अहिले उपचार गर्न यहाँ ल्याएका हौँ ।’
दमक अस्पतालमै दोभाषेको रुपमा कार्यरत स्मारिका पौडेलले उहाँसग केहि बोल्ने प्रयास गर्नु भयो । तर उहाँले न उहाँको नाम थाह पाउन सक्नु भयो । न त वतन नै । न उहाँको गन्तव्यको बारेमै थाह पाउनु भयो । इसारा मार्फत भएको संवादमा केके चाहि खुल्यो त भन्ने उज्यालो खवरको प्रश्नमा पौडेल भन्नु हुन्छ ‘नाम र ठेगाना प्रष्ट बताउन सक्नु भएन । भोक लागेको छ भन्नु भयो । कुनै रोग बिराम छैन । घरमा कोहि पनि छैन भन्ने कुरा बताउनु भयो ।’
यस्तै यहि सस्थाले मोरङको टाँडी घर हुनु भएका दल बहादुर गुरुङ पनि बाटो भुलेर दमक आइपुग्नु भएको रहेछ । मोरङकै बेलबारी जान भनेर घरबाट हिड्नु भएका दल बहादुर दमक आएपछि वेवत्ता हुनु भयो । उहाँले बाटो बिराएर दमक आएको थाह पाएपछि दमक ४ स्थित ताराबारीमा रहेको प्रहरी बिटले असहाय मानव सेवा समाजलाई खवर गरेको सस्थाका सदस्य अमृत विष्टको बताउनु भयो ।
यो सस्थाले सम्पर्क गर्दै जाँदा उहाँको दल बहादुरको चाहि आफन्त भेटिनु भयो । अहिले उहाँलाई बुहारी पञ्च गुरुङ लिन आउनु भएको छ । पश्चिम जान्छु भनेर घरबाट हिड्नु भएको ससुरा बुबालाई पुर्व आएर भेट्दा उहाँपनि खुसी हुनुहुन्छ ।
बेबारिसे अवस्थामा भेटिएका यस्ता व्यक्तिहरुलाई असहाय मानव सेवा समाजले पहिला स्वास्थ्य परिक्षण गराउन अस्पताल लैजाने गर्छ । उपचार गराउनजेल सम्म परिवार खोज्ने प्रयास गर्छ सो अवधिमा पनि परिवार भेटिएन भने मानव सेवा आश्रममा पठाउने गरेको छ ।
भडियोमा हेरौ