सोलुखुम्बुमा पहिलो पटक मकै बालीको बिमा

nepali-makai1-0362020084824-1000x0-1

 

सोलुखुम्बु /  सोलुखुम्बुमै पहिलो पटक थुलुङ दूधकोशी गाउँपालिका १ नेलेले मकै बालीको बिमा गराएको छ। रोग, किरा तथा अन्य विपत्तिबाट किसानलाई हुन सक्ने नोक्सानलाई कम गर्न वडाले जिल्लामै पहिलो पटक मकै बालीको बिमा गराएको हो। वडा कार्यालयले चालु आर्थिक वर्ष २०७९-०८० को बजेटमै समावेश गरी २४७ जना किसानले १२२ हेक्टर क्षेत्रफलमा लगाएको मकै बालीको बिमा गर्दा वडाले १ लाख ३८ हजार रुपैयाँ रकम भुक्तानी गरेको वडाध्यक्ष घनराज सुनुवारले बताए।

किसानले एक हेक्टरमा लगाइएको मकै खेतीको ९३ हजार रुपैयाँ बराबरको बिमा गर्न पाउने नियम रहेको छ। नेले क्षेत्रका किसानले प्रतिव्यक्ति करिब आधा हेक्टर क्षेत्रफलमा मकै खेती गरेका छन्।

विमा गरिएको बालीमा रोग, किरा तथा प्रकृतिक विपत्तिहरुबाट क्षति भएको खण्डमा करिब ९० प्रतिशत रकम बिमा बापत पाउने बिमा कम्पनी आइएमइ जनरल इन्स्योरेन्स लिमिटेड शाखा कार्यालय सोलुखुम्बुले जनाएको छ।

नेलेले गराएको उक्त अन्न बाली बिमा जिल्लाकै पहिलो भएको इन्स्योरेन्स कम्पनीका शाखा प्रबन्धक खगेन्द्र बनले बताए। जिल्लामा फलफुल बिमा अधिकांश किसानहरुले गराएको भए पनि अन्नबालीको बिमा पहिलोपटक सुरु गरिएको प्रबन्ध बनले बताए।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन