दमक/
झापाको दमक नगरपालिका वडा नं ८ कि कमला पौडेलको घर यहाँ बाह्रै महिना पानी बग्ने दिपिनी खोलाको किनारमै छ । यो खोलामा अरुबेला सामान्य पानी बगिरहेपनि बर्खाको समयमा भने भेलनै आउँछ ।
आकाशमा कालो बादल लाग्ने बित्तिकै पौडेलको मन कटक्क खान्छ । कतै वर्षात भयो भने त्यसपछि आउने बाढी मेरो घरमा पो पस्छ कि भन्ने भएर ।
यो समस्याका कारण हरेक वर्खा याममा उहाँलाई निन्द्रै लाग्दैन । मुटु ढुक ढुक गर्दै खोला तिर फर्केर हेर्दै रात काटनुका कुनै विकल्प पनि नभएको उहाँले सुनाउनु भयो ।
यो खोलामा पर्खाल लगाइदिएर बाढी गाउँ घरमा नपस्ने बनाइदिन पौडेल सहित यस गाउँका बासिन्दाको माग रहेको छ ।
फलामको मोटोरेपल पुलको सिलान्यास
दमक ८ को सरस्वती मार्ग(ख)हुँदै पशुपति मार्गमा जाने बाटो कालोपत्रे गरिएको छ । यो सडक भनेको दमकको सेतुमारी सडकबाट दक्षिण तर्फ लागेपछि वडा नं ८ र ९ को सिमानामा दिपिनी खोलाको पूर्व तर्फ पर्छ ।
उत्तर बाट दक्षिण तर्फ फैलिएको यो सडक खोलामा कल्भर्ट वा पुल नभएका कारण टुङ्गीएको थियो ।
यहाँ पुल नहुँदा नजिकै रहेको पशुपति माद्यमिक विद्यालय तथा अन्य विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई निकै सास्ती भइरहेको थियो । खास गरि बर्खाको समयमा खोलामा आउने भेलका कारण वारपार गर्नै कठिन हुने गरेको यहाँका उपभोक्ताहरु बताउँछन् ।
यहि समस्यालाई मद्यजनर गरेर अहिले यहाँ पुल निर्माण गर्नकालागि सिलान्यास गरिएको छ । फलामको ब्रिज पुल बनाउन बिहिबार वडाध्यक्ष दिपेश दाहालले यसको सिलान्यास गर्नु भएको हो ।
अव यहाँ पुल बनेपछि कम्तिमा बर्खाको समयमा पनि विद्यार्थीको पढाई नछुट्ने तथा वारी पारी गर्न सहज हुने उपभोक्ताहरुको विस्वास छ ।
वर्षौ देखिको यो समस्या अहिले भने समाधान हुने भएको छ । स्थानियहरुको सकृयता र जनताको आवश्यकता बुझ्ने जनप्रतिनिधी वडाले पाएपछि यस्ता काम हुन थालेको भन्दै यहाँका सामाजीक अगुवाहरुपनि खुसी छन् ।
दमक नगरपालिकाको १० लाख र उपभोक्ताको १० हजार ९ सय ६७ रुपैँयाको लागतमा बन्न लागेको यो फलामे पुल तीन महिना भित्रमा निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको छ ।
निकै लामो समयदेखि प्रतिक्षारत यो पुल आफ्नै पालामा बन्न लागेको र योजना यहाँ ल्याउन स्थानिय उपभोक्ताले देखाएको जागरुपता प्रति वडाध्यक्ष दाहालले कृतज्ञता व्यक्त गर्नु भएको छ ।
नागरिकका आवश्यकतालाई पहिचान गरेर क्रमश आरु काम पनि गर्दै जाँने भन्दै यहाँको खोलामा तटबन्धन निर्माण गर्ने सन्दर्भमा उहा भन्नु हुन्छ ‘वडाले सो कामकालागि योजना बनाएको तर अहिले देशभरको आर्थिक मन्दि र सरकारको आयपनि कमजोर भएकोले बजेट काटिएको छ , परिस्थिती सहज हुने बित्तिकै तटबन्धनको काम पनि गर्ने छौ ।’
सिलान्यास गरिएको फालामे पुलले वडा नं ८ र ९ लाई जोड्ने छ । दुई वडाको बिचमा बनेको पुललाई केहि स्थानियले मितेरी पुल भनेर यसको नाम दिन थालेका छन् ।
यहि बैशाख १३ गते सम्झौता भएको यो पुल आगामी असार १५ गते सम्म सम्पन्न गरिसक्ने गरि उपभोक्ता समिती मार्फत काम गर्न सुरु गरिएको छ ।
भिडियो हेरौ