इलाममा ‘टि टेस्टिङ’, प्रतिकेजी १० हजारमा चिया बिक्री

 

इलाम । यस सिजनको चियाको टिपाई सुरु भएसँगै विदेशी चिया व्यापारी इलाम आउन थालेका छन् । तेस्रो देशका चिया पारखी तथा चिया व्यापारीहरु चियाको गुणस्तर हेर्न र चिया चाख्न इलाम आउने गरेका छन् ।

शनिबार २७औँ चिया दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा पर्यटकीय क्षेत्र अन्तुमा ‘टि टेस्टिङ’ गरिएको हो । टि टेस्टिङमा भारत, जापान, चीन र अमेरिकालगायतका देशका चिया व्यवसायीको उपस्थिति थियो । चिया टेस्टिङका अवसरमा व्यवसायीले चिया खरिद समेत गरेका थिए ।

नेपालमा पहिलो पटक लिलामीमार्फत अर्थोडक्स चिया बिक्री गरिएको छ । इलामको कन्याममा ‘डेमो अक्सन’मार्फत प्रतिकेजी रु १० हजारमा चिया बिक्री भएको हो । एकजना अमेरिकी नागरिकले प्रतिकेजी रु १० हजारका दरले ‘अर्थोडक्स ब्ल्याक टी’ खरिद गरेका हुन् । अमेरिकी नागरिक जेनीले लिलाम बढाबढमा पाँच केजी अर्थोडक्स चिया रु ५० हजारमा खरिद गरेका हुन् ।

सूर्योदय चिया उत्पादक सङ्घले उत्पादन गरेको चिया किसानले प्रतिकेजी रु एक हजार मूल्य तोकेका थिए । उक्त मूल्यमा अमेरिका, चीन, जापान र रुसका खरिदकर्ताले मोल बढाबढ गर्दै प्रतिकेजी १० हजारसम्म पुर्याएका थिए । ‘अर्थोडक्स ग्रीन टी’ प्रतिकेजी रु  हजार र ‘अर्थोडक्स ग्रीनिस ब्ल्याक टी’ प्रतिकेजी रु ४ हजारका दरले चिनियाँ खरिदकर्ताले खरिद गरेका थिए ।

व्यापारीहरुले लिलाम बढाबढ गर्दै चिया किनेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी प्रमुख विष्णुप्रसाद भट्टराईले जानकारी दिए । विश्व बजारमा चिया अक्सनमार्फत खरिद बिक्री हने गरेको छ । नेपाली किसानले उत्पादन गरेको चिया भारतीय बजारमा सस्तो मूल्यमा बिक्रि गर्नु परिरहेको किसानहरुको गुनासो छ । किसानहरुले आफूहरुको चिया सोझै तेस्रो मुलुक नेपाली चिया समेत निर्यात गर्नुपर्ने माग गर्दै आएका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

निष्पक्ष निर्वाचन गराउने मुख्य जिम्मेवारी सरकारको हो : गगन थापा

काठमाडौं ,४ मंसिर। नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्ने जिम्मेवारी निर्वाचन आयोगको मात्र नभई सरकारको पनि भएको बताँउनु भएको

भुपेन्द्रजंग शाहीद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं ,४ मंसिर। नेपाली कांग्रेसको शेर बहादुर देउवा समूहले गर्न लागेको १५ औं नियमित महाधिवेशनमा नेतृत्वका आकांक्षीहरुले आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् ।विशेषगरी उपाध्यक्ष,

भारत जान लागेका प्रधानमन्त्रीले चिन बारे के भने? किन झस्क्यो चिनिया सरकार बालेन सरकारसँग ?

काठमाडौँ,४ मंसिर ।प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदलाई चीन भ्रमणमा जानुअघि एउटा विषयमा विशेष सावधानी अपनाउन सुझाव दिनु भएको थियो—

राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

काठमाडौं ,४ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र बहादुर शाहीले पार्टीको आगामी केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ।शुक्रबार पत्रकार

प्रधानमन्त्री शाहको भारत भ्रमणको कार्यतालिका सार्वजनिक

काठमाडौं ,४ मंसिर। परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै द्विपक्षीय साझेदारीलाई

प्रधानमन्त्री शाहको भारत भ्रमणमा ५२ व्यवसायी सहभागी हुने

काठमाडौं,४ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा ५२ जना व्यवसायी पनि जाँदै छन् ।परराष्ट्र सचिव अमृत राईका अनुसार प्रधानमन्त्रीको भ्रमण दलमा ३४ जना सदस्य

लालबन्दीमा प्रेमिका भेट्न गएका युवक मृत फेला

सर्लाही,४ मंसिर । सर्लाहीको लालबन्दीमा प्रेमिका भेट्न गएका एक युवक मृत फेला परेका छन् । प्रेमिकाको कोठामा अचेत अवस्थामा भेटिएका हरिपुर्वा नगरपालिका–९, बगेवा गाउँका २०