दमक/
लामो प्रयास पछि दमकका राष्ट्रिय यूवा महोत्सव हुने भएको छ । यूवास्त्रले आयोजना गर्ने सो महोत्सव यहि बैशाख २७ गते देखि २९ गते सम्म दमक स्थित पशुहाटको खुल्ला स्थानमा हुने भएको छ ।
आयोजकले आज पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी र यसको आकर्षकको बारेमा जानकारी दिएको हो ।
यूवास्त्रका अध्यक्ष प्रवेश बास्ताकोटिका अनुसार महोत्सवको उद्धघाटन पूर्व प्रधानमन्त्री तथा झापा क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य केपि शर्मा ओलीले गर्नुृ हुने निश्चित भएको छ ।
खासखगरि यूवाहरुलाई उद्यममा जोडेर नेपालमै कसरी यूवाशक्तिको परिचालन गर्न सकिन्छ भन्ने कुरा देखाउन यो महोत्सव आयोजना गरिएको बास्ताकोटिले पत्रकार सम्मेलनका क्रममा बताउनु भयो ।
राजनैतिक, सामाजीक, यूवा उद्यम, खेलकुद तथा साहित्यसँगै मनोरञ्जनको क्षेत्रमा यूवाहरुको उपस्थिती र ती क्षेत्रमा लाग्दा बन्न सक्ने भविष्यका बारेमा महोत्सवभर चर्चा जनाइएको छ ।
यसकालागि बहस गर्न यूवा नेताहरु विस्वप्रकाश शर्मा, योगेश भट्टराई, रबिन्द्र मिश्रको उपस्थिती रहने निश्चित भएको पत्रकार सम्मेलनमा बताइएको थियो ।
साथै कलाकारिताको क्षेत्रमा मनोज गजुरेल र शिव परियार आउने निश्चित भइसकेको छ ।
हरेक दिनको साझँ साङ्गीतिक कार्यक्रम समेत हुने भएकोले त्यसकालागि २० रुपैँया मात्रै प्रवेश शुल्क तोकिएको छ ।
महोत्सव गर्न कुल ३५ लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ भने यसकालागि २५ लाख रुपैँयाको श्रोत सुनिश्चित भइसकेको र बाँकी १० लाख रुपैँया महोत्सव आयोजना भएकै बेलामा टिकट तथा अन्य गतिविधिबाट संकलन हुने अपेक्षा गरिएको छ ।
महोत्सव करिव ५० हजारजनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।
भिडियोमा हेरौ