किसानको कर्मः दमकको उत्तरी क्षेत्र हराभरा पार्ने योजना, किसानले पाए औजार (भिडियो सहित)

 

दमक/
दमक नगरपालिका वडा नं ३ दमककै प्रमुख कृषि क्षेत्र हो । यहाँ खाद्य बाली देखी नगदे बाली सम्मको फसल लाग्छ । माटो उर्वर भएका कारण किसानले बारीमा जे लगाए पनि उत्पादन दिन्छ । तर त्यसरी लगाउने फसल सिचाईको उचित प्रबन्ध नभएका कारण लगानी अनुसारको फल दिदैन थियो । यहि वडाका टेक बहादुर श्रेष्ठ ले करेसाबारी हराभारा पार्नु भएकोे छ । वरीपरिका बारीमा मकै फल्दै छन् । सँधै आकासे पानीको भरमा बाली लगाउँदै आउनु भएका श्रेष्ठ यो पटक भने अव जतिबेला पानी चाहियो उतीबेलै पानी लगाउन सक्ने हुनु भयो । किनकी उहाँलाई वडा सरकारले निशुल्क पानी तान्ने मोटर दिएको छ ।

समयमा वर्षात नभएका कारण यस क्षेत्रका किसानले कष्ट बिहोरेका थीए । पर्याप्त जमिन भएपनि बाली लगाउन सकेकै थिएनन् । कारण हो समयमा सिचाई हुन नसक्नु । भएको जमिन पनि बाझै राख्न बाध्य किसानहरु अव उर्वर बनाउने अभियानमा लागेका छन् । किनकि उनीहरुको खेत खेतमै सिचाई गरिदिने मोटर वडा सरकारले जोडिदिन थालेको छ । किसान भन्छन् अव चाहि उत्पादन बढ्ने भयो ।
किसानका यस्ता कस्ट बुझ्ने जनप्रतिनिधी निर्वाचित भएर आएका कारण यो क्षेत्र थप उर्वर बन्ने भएको हो । सिचाईकै कारण जमिन बाँझो राख्न नपरोस , फसल सुकेर सोत्तर नहोस ,उत्पादन बढोस र यहीबाट किसानहरुको आम्दानी बढोस भन्ने लक्ष्यका साथ वडा सरकारले निशुल्क पानी तान्ने मोटर खेत खेतमै लगेर गाडीदिएको जनाएको छ ।

यस्ता सामाग्रीले किसानलाई उत्पादन बढाउन साथ दिन्छ । सहि सदुपयोग गर्ने हो भने गाउँ भरीको जमिन सिञ्चित गर्न सकिने भएकोले सामाजीक भावनाका साथ यस्ता सामाग्रीको प्रयोग गर्न वडाध्यक्ष नबिन बरालले बताउनु भयो । किसानका अन्य अवश्कतालाई क्रमश पुरा गर्दै जाने पनि उहाँले प्रतिवद्धता जनाउनु भएको छ ।

मंगलबार वडाले आफ्नो वार्षिक बजेटको १० लाख रुपैँयाबाट २७ जना किसानहरुलाई मोटर,जिआई पाईप, ट्यूवेल सेट, बेण्ड पाईप, कालो तार तथा मोटर जोड्न आवश्यक पर्ने सम्पूणर् सामाग्री उपलब्ध गराएको छ । दमक नगरपालिकाका कार्यवहाक नगर प्रमुख भीम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरपालिकाकी कृषि शाखा प्रमुख चन्द्रा भट्टराईको पनि उपस्थिती रहेको थियो । उहाँले किसान परिचय पत्र यहि हप्ताबाट वितरण गरिने जानकारी सो भेलामा गराउनु भएको थियो ।

भिडियोमा हेरौ

Share:

Facebook
Twitter
Email
WhatsApp