कर तिरौ

कोरोनाले कर संकलनमा पनि असर , यो वर्षको उत्कृष्ट करदाता कन्काई ग्यास उद्योग

दमक/
झापाको माई पश्चिमका ५ वटा पालिकामा कोरोना कालमा कम कर संकलन भएको छ । संकलन गर्ने लक्ष्य भेट्न पनि मुस्किल पर्यो । तर अहिले भने लक्ष्य अनुसारको कर सहजै संकलन भएको आन्तरिक राजस्व कार्यालय दमकले जनाएको छ ।
झापाको दमक नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरादह नगरपालिका, कमल गाउँपालिका र गौरिगञ्ज गाउँपालिका क्षेत्रको कर संकलन गर्ने अधिकार छ दमकमा रहेको आन्तरिक राजस्व कार्यालयलाई । यी क्षेत्रबाट यस कार्यालयलाई आन्तरिक राजस्व विभागबाट कर संकलन गर्ने लक्ष्य निर्धारण गरिदिएको हुन्छ । सोहि लक्ष्य पुरा गर्न यो यहाँको कार्यालयले काम गर्छ ।

जस अनुसार आर्थिक वर्ष २०७५/७६ मा ५१ करोड ६८ लाख ८३ हजार १ सय रुपैँया कर संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । यो आर्थीक वर्षको अन्यमा कोरोनाका कारण लक डाउन भएको थियो । त्यसैले अन्य वर्ष लक्ष्य भन्दा २ सय प्रतिशत बढि सम्म कर संकलन हुने यो कार्यालयले यो आर्थिक वर्षमा भने १ सय १२ दशमलव ४६ प्रतिसत अर्थात ५८ करोड१२ लाख ४३ हजार रुपैँया मात्रै कर संकलन गरेको कार्यालयको तथ्याकंमा उल्लेख गरिएको छ ।

यस्तै यस पछिको अर्थिक वर्ष २०७६/७७ मा त कर संकलनको लक्ष्य समेत भेट्न यो कार्यालयले सकेन । विभागले ८१ करोड ६६ लाख ९ हजारको कर संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । यो वर्षपनि कोरोनाका कारण लक डाउन भएका कारण लक्ष्य नै भेट्न नसकिएको कार्यालयले जनाएको छ । यो वर्षमा लक्ष्यको ८० दशमलव ८० प्रतिसत मात्र अर्थात ६५ करोड ९८ लाख ५५ हजार रुपैँया कर संकलन भएको कार्यालयका कर अधिकृत तिलक आले मगरले जाकाकारी दिनुभयो ।

यस्तै चालु आर्थिक वर्षमा १ अर्व ३५ करोड ५६ लाख ५३ हजार रुपैँया कर संकलन गर्ने लक्ष्य राखेको छ । यसमा कार्तिक मसान्त सम्ममा ३२ करोड ७५ लाख २७ हजार रुपैँया संकलन भइसकेको छ । यो वर्षको जम्मा लक्ष्यको २४ दशमलव ३६ प्रतिशत हो । यदि यहि अनुपातमा कर संकलन गरिने हो भने वर्षको समग्र लक्ष्य पुरा गर्न गाह्रो नहुने कर अधिकृत आलेले स्पष्ट पार्नु भएको छ ।

यो कार्यालयको क्षेत्र भित्रमा ४६ हजार ३सय ४६ करदाता सुचिकृत भएका छन् । यसमध्ये सबै भन्दा बढि पानमा दर्ता भएका २१ हजार ६ सय ९५ रहेका छन् भने आयकरमा दर्ता भएकाको संख्या २० हजार ६ सय ८३ रहेका छन् । यसपछि मुल्य अभिबृद्धि करमा दर्ता भएका २ हजार २ सय ३२ र अन्त शुल्कमा दर्ता भएकाहरुको संख्या १ हजार ७ सय ३६ रहेको छ ।

यो कार्यालयमा सबै भन्दा बढि कर तिर्ने व्यवसायीक फर्म कन्काई ग्यास उद्योग गौरादह रहेको छ । यसले आर्थिक वर्ष २०७६/७७ मा १ करोड ४६ लाख १० हजार ४ सय ७४ हजार कर तिरेको छ । उद्योगले आफ्नो बस्तु बिक्रि र वितरण मार्फत मात्र १ करोड ४३ लाख ८४ हजार ९ सय ६२ रुपैँया कर तिरेको छ ।

यस्तै दमक ६ मा रहेको शिव ट्रेडिङ प्रालि( हावर्डवेयर पसल)ले ३७ लाख ९० हजार ७ सय ६९ रुपैँया ८२ पैसा कर तिरेको छ ।

यसले आय कर मात्र ५३ लाख ८५ हजार ५ सय ७१ रुपैँया बराबरको कर तिरेको छ । यसै गरि दमक ५ मा रहेको सगरमाथा आयल सेन्टरले सोहि आर्थीक वर्षमामा३४ लाख ३४ हजार ७ सय ५९ रुपैँया २५ पैसा कर तिरेको छ ।

उसले तिरेको सबै भन्दा बढि कर व्यक्तिगत तथा एकलौटी फर्मको आयकर १६ लाख ९५ हजार २ सय ११ रुपैँया १७ पैसा बराबरको कर तिरेको छ यस्तै बस्तु विक्रि तथा विरतरण मार्फतको मुल्य अभिबृद्धि कर मार्फतबाट मात्र १६ करोड ७८ लाख ८० रुपैँया ४८ पैसा कर तिरेको छ ।

बुधबारबाट कर सप्ताह सुरु गरेको विभागले सप्ताको अन्तिम दिन उत्कृष्ट कर दातालाई सम्मान समेत गर्ने जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट