सहकारीबाट समृद्धि

क्या गज्जवः जेहेन्दार विद्यार्थीलाई निशुल्क शिक्षा, पढिसकेपछि जागिरको सुनिश्चितता(भिडियो सहित)

 

दमक/
धेरैलाई लाग्न सक्छ सहकारी भन्ने बित्तिकै बचत तथा ऋणको मात्रै कारोबार गर्छ भन्ने अर्थात सदस्यहरुमा वित्तिय कारोबार मात्रै गर्ने सस्था नै सहकारी हो भन्ने मात्रै पनि लाग्न सक्छ । तर यदी त्यस्तो मात्रै सोच्नु भएको छ भने त्यो सोचलाई अव केहि फराकिलो पार्नुस । किनकी झापाको दमकमा रहेको मेचि बहुउद्धेस्य सहकारी सस्था लिमिटेडले जेहेन्दार विद्यार्थीलाई निशुल्क पढाइदिन्छ ।

पढाएर पछि प्रतिस्पर्धामा सहभागी गराँउदै अव्वल भएमा आफ्नै सस्थामा जागिर पनि दिन्छ ।

दमक २ को हिमालयमा माद्यमिक विद्यालयमा अध्ययनरत ललित ताजपुरिया यसको एक उदाहरण हुनुहुनछ । कक्षा ८ पास गरेर अहिले नौ कक्षामा अध्ययन सुरु गर्नु भएको छ । उहाँ पढाईमा अव्वल हुनुहुन्छ । मिहनेत र लगनशिलाता कारण उहाँको पढाई अव्वल भएको हो । तर उहाँको परिवारमा पर्याप्त आर्थीक श्रोत छैन ।

 

यो कुरा थाह पाएपछि मेचि सहकारी सस्थाले उहाँको सम्पूणर् पढाईको जिम्मा लियो । हरेक वर्ष ताजपुरियाको भर्ना शुल्क, वार्षिक शुल्क , दुई जोर पोषाक, जुत्ता, पुस्तक बोक्ने झोला सबै उपलब्ध गराउने । सहकारीले यसरी सहयोग गर्न थालेपछि अहिले ताजपुरियालाई पढ्नको कुनै तनावनै छैन । ताजपुरियालाई सहकारीले पढुञ्जेल सहयोग गर्ने कुरा विद्यालयलाई निकै मन पर्यो । सहकारीहरुले आर्थीक कारोबार मात्रै नभएर सामाजीक उत्तर दायीत्व पुरा गर्ने सन्दर्भमा पनि अग्रसर हुने रहेछन भन्ने कुरा मेचि सहकारीले गरेको कामबाट प्रष्ट हुने विद्यालयका प्रधानाध्याप द्रोण श्रेष्ठले बताउनु भयो ।

 

यस्तै ढुकुरपानी माविमा अध्यनरत निरोज दर्जीलाई चाहि सस्थाले प्रोत्साहन स्वरुप पुरस्कृत गरेको छ । दर्जीका बुला सस्थाका सदस्य हुनुहुन्छ । र दर्जीले विद्यालयकै सबैभन्दा बढि अंक ल्याएर उत्तिणर् गरेकोले प्रोत्साहन स्वरुप सम्मान गरेको सस्थाले बताएको छ । सस्थाले यसरी मिहनेती र उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई गरेको सम्मान र सहयोगको विद्यालयका प्रधानाध्यापक कृष्ण भण्डारीले प्रशाषां गर्दै भन्नु हुन्छ ‘यस्तो काम निकै सराहनिय हो । यसले पढ्न चाहने विद्यार्थीहरुको मनोवल बृद्धि गर्छ ।’

 

मेचि सहकारी सस्था देशको निति, कानुन अनुसार चलेको, हरेक सदस्यहरुको आर्थीक समृद्धिमा विभिन्न प्रकारका कार्यक्रम ल्याएको र सँधै सदस्यहरु मार्फतनै सञ्चालन भएको सस्था भएकोले आर्थीक, भौतिक तथा अन्य प्रशाषनिक रुपमा आफु मजबुत रहेको सस्थाका सचिव राजेन्द्र दाहालले बताउनु भयो ।

 

तर सस्थाले सदस्यकालागि मात्रै नभएर समुदायकालागि पनि केहि गर्नु पर्छ भन्ने भावनाले यस सामाजीक उत्तर दायीत्व बहन गर्नकालागि यस प्ररकारको कार्यक्रम गरिएको उल्लेख गर्नु भयो । मेचि सहकारीका झापा, मोरङ र इलाम गरि १२ वटा सेवाकेन्द्र छन ।

 

यी सेवाकेन्द्रहरुबाट प्रतिनिधिमुलक १९ जनालाई पढुञ्जेल सम्म सहकारीले नै सबै प्रवन्ध गराएर पढाइदिने अनी पढिसकेपछि जागरि पनि यहि सस्थामा दिने गरिको कार्यक्रम बनाएर अहिले यसलाई कार्यान्वायन गराइएको छ ।

भिडियोमा हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल