च्याउँ खेतीबाट मनग्य आम्दानी

खोटाङ / 

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२ सोल्माका गंगाबहादुर विश्वकर्माले च्याउ खेतीबाट मनग्य आम्दानी गरिरहेका छन्।

कृषि पेशाबाट गाउँमै केही गर्न सकिन्छ भनेर लागिरहेका गंगाबहादुरले कन्ये जातको च्याउ खेतीबाट मासिक ४० देखि ५० हजार रुपैयाँ आम्दानी गरिरहेका छन्। उनले उत्पादन गरेको च्याउ दिक्तेल, हलेसी लगायत स्थानीय बजारमा खपत हुने गरेको छ।

 

गंगाबहादुरले दैनिक १५ देखि २० किलो च्याउ उत्पादन गर्दै आएका छन्। उत्पादित च्याउ बिहान पाँच बजे नै मोटरसाइकलमा राखेर दिक्तेल बजार पुर्‍याउँछन्। स्थानीय बजारमा कन्ये च्याउ प्रतिकेजी २५० रुपैयाँका दरले बिक्री हुने गरेको उनको भनाइ छ।

तर‚ च्याउका बजार यथेष्ट भने छैन। दिक्तेल बजारमा दैनिक २०-२५ किलो खपत हुने गरेको छ। “च्याउका लागि बजारको चुनौती छ। दिक्तेलमा दैनिक २० देखि २५ किलो खपत हुन्छ‚” उनले भने‚ “केही मात्रामा हलेसीमा जान्छ। ठूलो मात्रामा उत्पादन गर्दा बिक्री हुने अवस्था छैन।” कच्चा पदार्थ अन्यत्रबाट ल्याउनुपर्ने भएकाले मूल्य पनि केही महँगो भएको उनको भनाइ छ। च्याउ खेतीमा त्रैमासिक दुईदेखि तीन लाख रुपैयाँ लगानी गर्दै आएको गंगाबहादुर बताउँछन्। वार्षिक करीब ६ लाख आम्दानी गर्दै आएका छन्। च्याउका लागि बीउ र अन्य कच्चा पदार्थ काठमाडौंबाट ल्याउने गरेको उनको भनाइ छ। पराल तराईबाट ल्याउने गरेका छन्। च्याउ खेतीमा श्रीमती सरिता राईले साथ दिइरहेकी छन् ।

 

गंगाबहादुरले २०६५ सालमा सिताके च्याउ खेती गरेका थिए। सिताके च्याउले बजार नपाएपछि उनले २०६७ सालदेखि कन्ये च्याउ खेती शुरू गरेका हुन्। गंगाबहादुरले च्याउसँगै चार रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन्। च्याउ र अन्य तरकारीबाट मासिक ६०-७० हजार आम्दानी हुने गरेको उनको भनाइ छ। “च्याउबाट महीनामा ४० देखि ५० हजार आम्दानी हुन्छ। खुर्सानी र अन्य तरकारीको आम्दानी जोड्दा ६०-७० हजार आउँछ।”

 

समाजशास्त्रमा स्नातकोत्तर गरिरहेका गंगाबहादुर कृषिलाई व्यावसायिक बनाउन पढेलेखेका व्यक्ति लाग्नुपर्ने बताउँछन्। “कृषिलाई व्यावसायिक बनाउन पढालेखा भएकै मान्छे अघि सर्नुपर्छ‚” उनी भन्छन्। २०६१ सालदेखि कृषि पेशामा लागेका भए पनि गंगाबहादुरले २०७१ सालमा मात्र खोटाङ कृषि फर्म दर्ता गरेका थिए।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

निष्पक्ष निर्वाचन गराउने मुख्य जिम्मेवारी सरकारको हो : गगन थापा

काठमाडौं ,४ मंसिर। नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्ने जिम्मेवारी निर्वाचन आयोगको मात्र नभई सरकारको पनि भएको बताँउनु भएको

भुपेन्द्रजंग शाहीद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं ,४ मंसिर। नेपाली कांग्रेसको शेर बहादुर देउवा समूहले गर्न लागेको १५ औं नियमित महाधिवेशनमा नेतृत्वका आकांक्षीहरुले आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् ।विशेषगरी उपाध्यक्ष,

भारत जान लागेका प्रधानमन्त्रीले चिन बारे के भने? किन झस्क्यो चिनिया सरकार बालेन सरकारसँग ?

काठमाडौँ,४ मंसिर ।प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदलाई चीन भ्रमणमा जानुअघि एउटा विषयमा विशेष सावधानी अपनाउन सुझाव दिनु भएको थियो—

राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

काठमाडौं ,४ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र बहादुर शाहीले पार्टीको आगामी केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ।शुक्रबार पत्रकार

प्रधानमन्त्री शाहको भारत भ्रमणको कार्यतालिका सार्वजनिक

काठमाडौं ,४ मंसिर। परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै द्विपक्षीय साझेदारीलाई

प्रधानमन्त्री शाहको भारत भ्रमणमा ५२ व्यवसायी सहभागी हुने

काठमाडौं,४ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा ५२ जना व्यवसायी पनि जाँदै छन् ।परराष्ट्र सचिव अमृत राईका अनुसार प्रधानमन्त्रीको भ्रमण दलमा ३४ जना सदस्य

लालबन्दीमा प्रेमिका भेट्न गएका युवक मृत फेला

सर्लाही,४ मंसिर । सर्लाहीको लालबन्दीमा प्रेमिका भेट्न गएका एक युवक मृत फेला परेका छन् । प्रेमिकाको कोठामा अचेत अवस्थामा भेटिएका हरिपुर्वा नगरपालिका–९, बगेवा गाउँका २०