दमक/
नेपाली काग्रेस समर्पित विद्यार्थीहरुको संगठन नेपाल विद्यार्थी सघं(नेविसघं)को दमक नगर समितीले पूणर्ता पाएको छ ।
मंगलबार बेलुका नगर सभापति बिशाल अधिकारीको सभापतित्वमा सम्पन्न भेलाले समितीमा आवश्यक पर्ने विभिन्न पदाधिकारी र सदस्यहरुको मानोनयन गर्दै चयन गरेपछि समितीले पूणर्ता पाएको हो ।
मनोनित पदाधिकारीहरुको उप-सभापतिमा भुपेन्द्र गौलि र सुगम पौडेल रहनु भएको छ । सचिवमा पंकज न्यौपाने र समिर तामाङलाई मनोनयन गर्दा सह-सचिवमा सरोज पुरी, अनुज कोईराला र विवशा अधिकारी मनोनित हुनुभयो ।
यसै गरि कोषाध्यक्षमा सुस्मिता लुईटेललाई मनोनयन गरेको भेलाले सदस्यहरुमा सक्सेन भट्टराई, यूगल कुँवर, निश्चल अधिकारी, नितेश बस्नेत, विनोद खडलम, रुस्तम मगर, प्रविण गौतम, अस्मिता धिमाल,प्रविण भट्टराई, एरिका अग्रवाल, रंजीत राजबंशी, सुरज शाह, मेघराज राई, प्रज्वल ढुङ्गाना, खुसी अग्रवाल, सञ्जोग ढुङ्गाना र भावना खड्कालाई मनोनयन गरेको सभापति अधिकारीले उज्यालो खवरलाई जानकारी दिनुभयो ।
भेलामा पार्टिका नगर सचिव दिपेश दाहाल, नेविसघंका झापा नि वर्तमान उप-सभापति भरत दुलाल, वर्तमान उप सभापति द्रोण दाहाल लगायत नेतृत्वको उपस्थिती रहेको थियो ।










