दमक/
झापाको दमक नगरपालिका वडा नं ३ स्थित निर्माणाधिन छ चुलाचुली ढुङ्गे सडक । यो सडकले उत्तरमा इलाम , पश्चिममा मोरङ र दक्षिणमा गौरादह नगरपालिका सम्मको यात्रा सहज बनाउन सक्छ ।
अन्तर पालिका मात्रै होईन । यो सडकले तीन जिल्लाको आवागमनलाई समेत जोड्ने छ । तर यो सडक जुन मितिमा बनि सक्नु पर्ने थियो त्यो मितिभित्रमा बन्न सकेन ।
२०७७ साल भदौ १८ गते निर्माण गर्न सम्झौता भएको यो सडक २०७९ साल फागुन १७ गते सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा छ ।
यो अवधिमा यो सडक मात्रै होईन अर्को सडक खण्ड पनि निर्माण गरिसक्ने गरिको सम्झौता हो । त्यो सडक हो चिया दोकान चोक देखी दक्षिण तर्फको सडक । दोस्रो सडक करिव निर्माण सम्पन्न भयो । तर चुलाचुली ढुङ्गे सडक अहिले अलपत्र अवस्थामा छ ।
सडक अलपत्र हुदा सामान्य आवामगनमा पनि समस्या भइरहेको छ ।सडक अलपत्र पारेको भन्दै स्थानिय उपभोक्ता दल बहादुर तामाङ आक्रोस पोख्नु हुन्छ ‘सडक बनेपछि राम्रो हुन्छ भनेको थियो तर समाय बनि नसक्दा अहिले धुलाम्मे र हिलाम्मे सडकको पहिचान बनायो । हिडडुल गर्नै गाह्रो बनायो यो सडकले त ।’
यो सडक समयमानै बन्छ भन्ने अपेक्षा नागरिकमा थियो । सुरुवाती चरणमा निकै तदारुकताका साथ काम भएको पनि थियो । जसले गर्दा नागरिकमा उत्साह पनि थियो । यो सडकका कारण स्थानिय उत्पादनले बजार पाउने, पर्यटकहरु भित्रने सक्ने सम्भावना यहाँका स्थानियबासी किरण पाण्डेले देख्नु भएको छ ।
३० करोड ५३ लाख ९४ हजार रुपैँयाको लगानीमा बन्ने यो सडक अहिले बजेट अभावकै कारण सुस्त भइरहेको छ । कन्टेक प्राइभेट लिमिटेडले काम गर्ने जिम्मा लीएको यो योजनाको काम समयमा बजेट नआएका कारण अहिले सम्म काममा ढिलाई भएको जनाएको छ । निर्माण कम्पनीका सव इञ्जिनियर पवन कुमार यादव भन्नु हुन्छ ‘गरेको काम सकिएपछि बिल भपाई पेष गर्यो तर पैसा अड्किन्छ । पेष गरिजेती रकम भुक्तानी लिन नसक्दा काम गराउनै गाह्रो भइरहेको छ । ’.
अहिले यो सडकमा दुवै तर्फ ड्रेन बनाउने काम चलिरहेको छ । ठाउँ ठाउँमा आवश्यक पर्ने कल्र्भट निर्माणको काम करिव सकिएको छ । यदि समयमा बजेट आयो भने आगामी मंसिर सम्ममा कालोपत्रे गरिसक्ने निर्माण कम्पनीले जनाएको छ ।
तर बजेट सहजै आउँछ भन्ने कुनै ज्ञारेण्टी छैन । सडक अलपत्र पर्न नदिन आफुहरुले सरकारको ध्यानाकर्षण गराइरहिएको दमक नगरपालिका वडा नं ३ का वडाध्यक्ष नबिन बरालले बताउनु भयो ।
भिडियोमा हेरौ