दमक/
महमद मुन्ना मुस्ताक अलाम । दमकका चुरा व्यापारी मुन्ना भाईको पुरा नाम हो । तर उहाँलाई यो पुरा नामले भन्दा पनि चुरीवाला मुन्ना भाई भनेर दमकबासीले चिन्छन् ।
चुरा व्यवसायमा उहाँको लामो इतिहाँस छ । पुर्खौली व्यवसाय हो मुन्नाको ।
उहाँ अहिले ४२ वर्ष पुग्नु भएको छ । तर १२ वर्षको उमेरदेखीनै यो व्यवसायमा लाग्नु भयो ।
बुबासँग विभिन्न हाट बजारमा गएर चुरा बेच्दा बेच्दै उहाँको जीन्दगी यसैमा अल्झियो । आफ्नो स्कुले जीवन पनि छोडेर उहाँले यो व्यवसाय अँगाल्नु भयो ।
मुन्नालाई उहाँका बुबाले व्यवसाय सिकाउनु भएको हो । तर वुवाको मृत्यूपछि उहाँलाई २० हजारो पुजी छोडेर जानु भएको थियो । २० हजार रुपैँयाले कसरी व्यापार गर्नु उहाँमा चुनौति त थियो तर चुनौतिसँगै सम्भावना पनि देख्नु भयो ।
उहाँले २० हजार रुपैँयाबाटै आफ्नै मातहतमा चुराको व्यवसाय सुरु गर्नु भयो । बुबाले देखाउनु भएको बाटोमै उहाँ लाग्नु भयो । यो बिचमा उहाँले निकै दुख र हण्डर खेप्नु भयो । तर पनि हरेश खानु भएन ।
आफ्नो लक्ष्य र उद्धेस्य सम्झदै निरन्तर कर्ममा कर्मशिल भइरहनु भयो । उहाँलाई लाग्छ आफ्नो व्यवसायीक क्षेत्रको निरन्तरर्ता नै संघर्षको अर्को सफलता हो । त्यहि संघर्षका कारण २० हजारको पुजिबाट सुरु गरेको चुरा पसल समयानुसार परिवर्तन गर्दै अहिले विसौ लाख बराबरको बनाउनु भएको छ ।
यता सुजन आयूर्वेदिकका सञ्चालक गणेश न्यौपानेको संघर्षपनि कम चाख लाग्दो छैन । पुरै समाज एलोपेथिकमा भर पर्ने समयमा उहाँले आयूर्वेदिक उपचार तथा औषधिको पसल सुरु गर्ने हिम्मत गर्नु भयो ।
त्यस बेला उहाँलाई न परिवारको साथ थियो न घर गाउँले तथा आफन्तको । उहाँलाई साथ थियो त केवल आफ्नो आत्मविस्वासको । त्यहि आत्मविस्वासले उहाँलाई एकै वर्षमा स्यावासी पनि दिलायो । र जीवन बचाउँने अचुक औषधि त यहि नै पो रहेछ भन्दै यस अघी खिसी गर्नेहरुपनि स्यावासी दिन आएको देख्दा आफुमा सबै भन्दा ठुलो खुसी र सन्तुष्ट मिलेको बताउनु हुन्छ ।
उहाँको सफलताको एउटै मात्र कारण हो उहाँको व्यवसायीक अठोट, इमान्दारिता र निरन्तर संघर्ष । प्राध्यापन पेषा छोडेर आयूर्वेदिक तर्फ लाग्नु भएका न्यौपाने भन्नु हुन्छ ‘ आफु केलागि जन्मेको हो भन्ने कुरा पहिला निश्न्ति हुनु पर्छ । त्यसपछि त्यो कर्म गर्न सुरु गर्नुपर्छ सफलता भन्ने कुरा विस्तारै प्राप्त हुन्छ । धैरर्यता चाहि चाहिन्छ । ’
व्यवसायको विस्तार गर्न भन्दै धेरैजनाले विभिन्न वित्तिय सस्थाहरुबाट ऋण लिएको उहाँले देख्नु भयो । तर त्यो ऋण जुन व्यवसाय गर्र्छु भनेर लिइएको हो त्यो देखि बाहेक अधिकतम पैसा चाहि अन्तै खर्च गरेको प्रत्यक्ष देख्नु भयो । जसले गर्दा त्यस्ता व्यक्तिहरुलाई आर्थिक चाप तथा तनाव सँधै नै भएको पनि देख्नु भयो । अरुको देखेरै सचेत हुनु भएका न्यौपानेले पनि ऋण लिनु भएको छ तर लिएको ऋणले आफ्नै व्यवसाय बढाउनु भयो । अहिले भर अभर पर्दा फोनकै भरमा छिनभरमै ८/१० लाखमा पत्याउने गरिको विस्वास जीत्न सकेको उहाँको अनुभव छ ।
यता एसियन मोवाईल सेण्टरका प्रोप्राईटर कविन श्रेष्ठको कहानी चाहि केहि फरक छ । बिभिन्न क्यासेटहरुको डविङ, मिक्सिङ गर्ने व्यवसायबाट व्यापारिक क्षेत्रमा लाग्नु भएका श्रेष्ठ अहिले दमकको मोवाईल बिक्रि गर्ने उत्कृष्ट ५औ समुहमा पर्नु हुन्छ । नयाँ जमाना अनुसार चल्न जानीएन भने मिहनत र संघर्ष गरेर मात्रै उपलब्धी नहुने उहाँको अनुभव छ ।
उहाँलाई पछिल्लो समय अत्यन्तै महत्वपूणर् कुराको चिन्ता छ । अवको केहि वर्षपछि हातमा सिप भएका र यूवा उर्जा भएका यूवाहरुको अभाव हुन्छ भन्ने । अहिलेको नयाँ पुस्ताले विदेश जाने मात्रै सपना देख्नु देशकै लागी ठुलो दुर्भाव्य हुने भन्दै देशमै अवसर खोज्न उहाँ अनुरोध गर्नु हुन्छ । बरु आफु आवद्ध क्षेत्रमा अनुभव लिन चाहने, सिप सिक्ने चाहने यूवाहरुलाई आफुले सहयोग गर्ने समेत प्रतिवद्धता गर्दै श्रेष्ठ भन्नु हुन्छ मिहनत र परिश्रम गरे आफनै ठाउँमा पनि भविष्य बनाउन सकिन्छ ।
महमत्त मुन्ना मुस्ताक अलाम अर्थात मुन्न भाई, दमककै चिरपरिचत सुजन आयूर्वेदिकका सञ्चालक गणेश न्यौपाने र एसियन मोवाईल सेण्टरका कविन श्रेष्ठहरुको यो आर्थिक परिवर्तन यत्तिकै भएको होईन । उहाँहरुले पुजि परिचालन गर्न जान्नु भएको छ । ऋणको सहि सदुपयोग गर्ने बारेमा ज्ञान राख्नु भएको छ । अनी इमान्दार भएर आफ्नो व्यवसायीक क्षेत्रमा दत्तचित्त भएर लाग्नु भएको छ । यस्ता सर्वगुण देखेपछि दमकको सुर्यदर्शन बचत तथा ऋण सहकारी सस्थाले उहाँहरुलाई पुजि बढाउन सहयोग गरेको कारण आफुहरुले व्यवसायीक संघर्षलाई निरन्तर्ता दिइरहेको प्रतिकृया दिनु भयो ।
यूवा उद्यम विकास गर्न, भएका व्यवसायलाई अझ विस्तार गर्दै परिस्कृत हुन आफ्ना शेयर सदस्यलाई सुर्यदर्शन बचत तथा ऋण सहकारी सस्थाले साथ र सहयोग गर्दै आएको छ ।
भिडियोमा हेरौ









