दमक/
मोटर गाडी, विभिन्न मोटरका पार्टसहरु बिक्रि वितरण गर्नेहरुको संगठन अटो मोवाईल एसोसिएन सघं(नाडा) दमक नगर समितले पहिलो साधारणसभा सम्पन्न गरेको छ ।
आज मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने भुल्के सिमसार पर्यटकीय क्षेत्रमा भएको साधरणसभाले अध्यक्षमा बुद्धि सागर बराललाई चयन गरेको छ ।
साधारणसभाले निर्विरोध रुपमा अध्यक्षमा उहाँलाई चयन गरेको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा विशाल अधिकारी, उपाध्यक्षमा सुवास पोखरेल चयन हुन भएको छ । यसैगरि सचिवमा गोकुल खड्का चयन हुँदा ककोषाध्यक्षमा कृष्ण खनाल चयन हुनु भएको हो ।
यस्तै सदस्यहरुमा चन्द्र सापकोटा, प्रकाश शर्मा, डिक कुमार चौलागाई, शेषराज निरौला , फडिन्द्र खनाल , राजु बस्नेत , देव नारायण घिमिरे र गोविन्द कट्टेल चयन हुनु भएको छ ।
साधारणसभामा नेपाल उद्योग व्यवसायी महासघंका केन्द्रिय सदस्य गोकुल श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो । उद्योगी तथा व्यवसायीको पीडालाई मोफसलबाट पनि नेतृत्व गरेर सरकारको ध्यानाकर्षण गराउने उहाँले बताउनु भएको थियो ।
यस्तै कार्यक्रमका विशिस्ट अतिथी दमक उद्योग वाणिज्य सघंका अध्यक्ष गोपाल गुरागाईले यो संठनले व्यवसायीक क्षेत्रमा देखिएका समस्या पहिचान गरि सरकारको ध्यानाकर्षण गराउने काममा शशक्त भूमिका निर्वाह गर्न अनुरोध गर्नु भएको थियो ।
‘सरकारले अटो व्यवसायलाई उपेक्षा गरेको छ ।’
साधारणसभाको बन्द सत्र सुरु हुनु अघी उज्यालो खवरसँग कुरा गर्दै वर्तमान अध्यक्ष घनश्याम खनालले अटो मोवाईल व्यवसायलाई सरकारले उपेक्षा गरेको प्रतिकृया दिनुभयो । ‘वर्तमान समयमा अति आवश्यकिय साधनमा पर्ने सावारी साधन खरिद तथा बिक्रिलाई बिलासि भन्दै रोक लगाउनु, बैक तथा वित्तिय सस्थाले यो व्यवसायमा लगानी गर्न छोड्नु, ब्याजदर उच्च पार्नु लगायतका समस्याले हामी आक्रान्त भएका छौ ।’
खनालले भन्नु भयो सरकारले अव सार्वजनिक गर्ने मौद्रिक नितिमा आफुहरुको समस्यालाई हल गर्ने गरि सम्बोधन गरोस भन्ने चाहना छ ।
खनालले भन्नु भएको भिडियो हेरौ ।