"उज्यालो बहस "

प्रदेश र जिसस खारेजी अभियान तपाइकै पार्टिबाट सुरु भएको हो ?

 

दमक/
विस्व बराल जिल्ला समन्वय समिती झापाका प्रमुख हुनुहुन्छ । दमक नगरपालिका वडा नं ३ को वडा सदस्यमा गर्त वर्षको बैशाख ३० गते भएको निर्वाचनमा मतदाताले मतदान गरि बिजयी गराएपछि उहाँ जिल्ला समन्वय समितीको प्रमुख बन्ने आधार तयर भएको हो ।

कम्यूनिष्ट आन्दोलन र विषेश गरि झापा आन्दोलनका शशक्त योद्धाका रुपमा सकृय हुनु भएका बराललाई पार्टिले लामो समय पछि यस तहको जिम्मेवारी दिएको उहाँको पार्टि श्रोतले बताएको छ ।

जिल्ला समन्वय समितीको प्रमुख बनेपछि उहाँ अहिले जिल्ला भरका विभिन्न योजना तथा परियोजनाको अनुगमनमा दैनिक घुम्नु हुन्छ ।
कुन पालिकामा कस्ता काम भइरहेका छन् भन्नेबारेमा समन्वय गर्दै हिड्नु हन्छ ।

उहाँलाई एउटा रहर छ अन्तर पालिकाका योजना आपसी साझेदारीमा गराउने र दीर्घकालिन प्रयोग गराउनेहरु । यसमा परियोजना बनाएर छलफल गराउने गरि बहस गरिने बरालले बताउनु भयो ।

बरालसँग जिल्ला समन्वय समितीको काम , कर्तव्य र अधिकारका साथै अन्य समसामयीक विषयमा गरिएको कुराकानीको भिडियो यहाँ राखीएको छ ।

Share: