एस इ इ पछि के पढ्ने ? व्यवस्थापन पढेर पनि आइटिको काम गर्न सकिन्छ ? ( भिडियो वार्ता )

 

दमक/
कक्षा दश अर्थात एसईईको परीक्षा सकिएको छ । सबै विद्यार्थी फुर्सदिला भएका छन् । अहिले कोहि विदा मनाइरहेका छन् त कोहि खाली समयमा केहि न केहि सिप सिक्नु पर्छ भनेर विभिन्न प्रकारका तालिम केन्द्र पनि धाइरहेका छन् ।

नजिता प्रकाशन भएपछि यी विद्यार्थीहरु उच्च माध्यामिक तहको शिक्षा सुरु हुन्छ । यो त्यही बिन्दु हो, जहाँबाट करियरको आधार तयार गर्न सकिन्छ । अर्थात उच्च माध्यामिक तह भनेको करियरको प्रवेश विन्दु पनि हो ।

 

उच्च माध्यामिक तहमा जुन विषयमा आधार बनाइन्छ, पछि त्यसैमा करियर बनाउँदा राम्रो हुने आस्था कलेज अफ म्यानेजमेण्ट दमकका प्राचार्य टेकनाथ भण्डारीले उज्यालो खवरको उज्यालो शिक्षामा कुराकानीका क्रममा बताउनु भयो ।

जस्तो व्यवस्थापनमा भविष्य बनाउनेले व्यवस्थापन संकाय लिएर पढ्न सक्छन् । विज्ञान, प्रविधिमा रुची भएकाले विज्ञान संकाय रोज्न सक्छन् । कला, संस्कृति आदि क्षेत्रमा भविष्य बनाउन मन लाग्नेले मानविकीमा आधार तय गर्न सक्छन् । यतिबेला जुन विषय छनौट गरिन्छ, त्यसले सूदुर भविष्यमा समेत प्रभाव पार्छ । त्यसैले उच्च माध्यामिक तहमा पुगेपछि विषय छनौटमा निकै सोचविचार गर्नुपर्छ ।

साथै अहिलेको खाली समयमा पनि आफु उच्च माध्यमिक तहमा जे पढ्ने रुचि राख्नु भएको छ त्यहि अनुसारको अतिरिक्त सिप तथा तालिम सिक्न पनि उहाँले सुझाव दिनु भएको छ।

भण्डारीसँगको कुराकानीको भिडियो यहाँ राखीएको छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp