उज्यालो शिक्षा

एस इ इ पछि के पढ्ने ? व्यवस्थापन पढेर पनि आइटिको काम गर्न सकिन्छ ? ( भिडियो वार्ता )

 

दमक/
कक्षा दश अर्थात एसईईको परीक्षा सकिएको छ । सबै विद्यार्थी फुर्सदिला भएका छन् । अहिले कोहि विदा मनाइरहेका छन् त कोहि खाली समयमा केहि न केहि सिप सिक्नु पर्छ भनेर विभिन्न प्रकारका तालिम केन्द्र पनि धाइरहेका छन् ।

नजिता प्रकाशन भएपछि यी विद्यार्थीहरु उच्च माध्यामिक तहको शिक्षा सुरु हुन्छ । यो त्यही बिन्दु हो, जहाँबाट करियरको आधार तयार गर्न सकिन्छ । अर्थात उच्च माध्यामिक तह भनेको करियरको प्रवेश विन्दु पनि हो ।

 

उच्च माध्यामिक तहमा जुन विषयमा आधार बनाइन्छ, पछि त्यसैमा करियर बनाउँदा राम्रो हुने आस्था कलेज अफ म्यानेजमेण्ट दमकका प्राचार्य टेकनाथ भण्डारीले उज्यालो खवरको उज्यालो शिक्षामा कुराकानीका क्रममा बताउनु भयो ।

जस्तो व्यवस्थापनमा भविष्य बनाउनेले व्यवस्थापन संकाय लिएर पढ्न सक्छन् । विज्ञान, प्रविधिमा रुची भएकाले विज्ञान संकाय रोज्न सक्छन् । कला, संस्कृति आदि क्षेत्रमा भविष्य बनाउन मन लाग्नेले मानविकीमा आधार तय गर्न सक्छन् । यतिबेला जुन विषय छनौट गरिन्छ, त्यसले सूदुर भविष्यमा समेत प्रभाव पार्छ । त्यसैले उच्च माध्यामिक तहमा पुगेपछि विषय छनौटमा निकै सोचविचार गर्नुपर्छ ।

साथै अहिलेको खाली समयमा पनि आफु उच्च माध्यमिक तहमा जे पढ्ने रुचि राख्नु भएको छ त्यहि अनुसारको अतिरिक्त सिप तथा तालिम सिक्न पनि उहाँले सुझाव दिनु भएको छ।

भण्डारीसँगको कुराकानीको भिडियो यहाँ राखीएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा