बालबालिकालाई उत्प्रेरणा गर्दै सामुदायीक विद्यालय

मास्टर पढ्दा गरिने ‘दिक्षान्त’ बाल कक्षा पास गर्दै (भिडियोमा हेरौ)

 

दमक/
दिक्षान्त समारोह भन्ने वित्तिकै सबैको मनस-पटलमा पढाईमा स्नात्तोकत्तर उत्तिणर् गरेपछि टोपी लगाएर गरिने समारोह भन्ने आउन सक्छ ।
तर झापाको दमकमा रहेको एक सामुदायीक विद्यालयले बाल कक्षा उत्तिणर् गरेका विद्यार्थीकै दिक्षान्त समारोह गरिदिएको छ ।

दमक ३ मा रहेको ढुकुरपानी माद्यमिक विद्यालयले बाल कक्षा सकेर कक्षा एकको प्रारम्भ गरेका र विद्यालयको प्रारम्भिक तह सकेर आधारभूत तहमा प्रवेश गरेका दुई विद्यार्थी समुहलाई दिक्षित गर्यो ।

बाल कक्षबाट कक्षा १ मा गएका २८ जना र कक्षा ५ उत्तिणर् गरि ६ कक्षामा पढ्दै गरेका ३० जना विद्यार्थीको दिक्षित गरेको विद्यालयका प्रधानाध्यापक कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

विद्यार्थीहरुलाई उत्प्रेरण जगाउनकालागि यो प्रकारको नौलो कार्यक्रम गरिएको भण्डारीले बताउनु भयो ।

यही विद्यालयमा कक्षा ५ मा पढि उत्तिणर् गरेर अहिले ६ कक्षामा पढ्दै गर्नु भएका रिजन ल्वागुनकी आमा सोनी ल्वागुनलाई विद्यालयले गरेको यो कार्यक्रम निकै नौलो लाग्यो । आफ्नो छोरोका शिरमा कालो टोपी लगाएको देख्दा आफुमा एक प्रकारको गौरवान्भित महसुस भएको उहाँले प्रतिकृया दिनु भएको छ ।

दमक नगरपालिका शिक्षा शाखा अधिकृत प्रविण खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमले बालबालिकाको मनस पटलमा सकरात्मक छाप बस्ने विस्वास गरिएको उहाँले बताउनु भयो ।

विद्यालयले आगामी वर्ष देखी आधारभूत तह सकेर माद्यमिक तहमा जाने विद्यार्थीलाई समेत दिक्षीत गर्ने योजना बनाएको छ ।

अहिलेको कार्यक्रमको प्रभावकारिता र यसबाट आएका प्रतिकृयालाई आधार मानेर आगामी वर्ष कस्तो र कसरी कार्यक्रम गर्ने भन्नेबारेमा निणर्यमा पुगिने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हिमालय दाहालले जानकारी दिनुभयो ।

भिडियोमा हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु