"बालबालिकालाई उत्प्रेरणा गर्दै सामुदायीक विद्यालय"

मास्टर पढ्दा गरिने ‘दिक्षान्त’ बाल कक्षा पास गर्दै (भिडियोमा हेरौ)

 

दमक/
दिक्षान्त समारोह भन्ने वित्तिकै सबैको मनस-पटलमा पढाईमा स्नात्तोकत्तर उत्तिणर् गरेपछि टोपी लगाएर गरिने समारोह भन्ने आउन सक्छ ।
तर झापाको दमकमा रहेको एक सामुदायीक विद्यालयले बाल कक्षा उत्तिणर् गरेका विद्यार्थीकै दिक्षान्त समारोह गरिदिएको छ ।

दमक ३ मा रहेको ढुकुरपानी माद्यमिक विद्यालयले बाल कक्षा सकेर कक्षा एकको प्रारम्भ गरेका र विद्यालयको प्रारम्भिक तह सकेर आधारभूत तहमा प्रवेश गरेका दुई विद्यार्थी समुहलाई दिक्षित गर्यो ।

बाल कक्षबाट कक्षा १ मा गएका २८ जना र कक्षा ५ उत्तिणर् गरि ६ कक्षामा पढ्दै गरेका ३० जना विद्यार्थीको दिक्षित गरेको विद्यालयका प्रधानाध्यापक कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

विद्यार्थीहरुलाई उत्प्रेरण जगाउनकालागि यो प्रकारको नौलो कार्यक्रम गरिएको भण्डारीले बताउनु भयो ।

यही विद्यालयमा कक्षा ५ मा पढि उत्तिणर् गरेर अहिले ६ कक्षामा पढ्दै गर्नु भएका रिजन ल्वागुनकी आमा सोनी ल्वागुनलाई विद्यालयले गरेको यो कार्यक्रम निकै नौलो लाग्यो । आफ्नो छोरोका शिरमा कालो टोपी लगाएको देख्दा आफुमा एक प्रकारको गौरवान्भित महसुस भएको उहाँले प्रतिकृया दिनु भएको छ ।

दमक नगरपालिका शिक्षा शाखा अधिकृत प्रविण खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमले बालबालिकाको मनस पटलमा सकरात्मक छाप बस्ने विस्वास गरिएको उहाँले बताउनु भयो ।

विद्यालयले आगामी वर्ष देखी आधारभूत तह सकेर माद्यमिक तहमा जाने विद्यार्थीलाई समेत दिक्षीत गर्ने योजना बनाएको छ ।

अहिलेको कार्यक्रमको प्रभावकारिता र यसबाट आएका प्रतिकृयालाई आधार मानेर आगामी वर्ष कस्तो र कसरी कार्यक्रम गर्ने भन्नेबारेमा निणर्यमा पुगिने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हिमालय दाहालले जानकारी दिनुभयो ।

भिडियोमा हेरौ

Share: