मासुमा आन्मनिर्भर बनाउन भन्दै दमकका महिलाले खसी बोका पाल्ने, सरकारले पनि सहयोग गर्यो

उज्यालो
दमकमलाई मासुमा आन्मनिर्भर बनाउनका लागि यहाँका महिलाहरुले उन्नत जातको बाख्रा तथा खसि पालन गर्ने भएका छन् ।
दमक ४ मा रहेको दिव्य महिला कृषि समुहले सरकारसँगको साझेदारीमा खसी बोकाको मासु उत्पादन गरि आर्थीक बृद्धि गर्ने उदेस्यले यो काम गर्न लागेका हुन । खसीको मासु तथा मासुजन्य पदार्थ उत्पादनउप आयोजना नाम दिइएको यो कार्यक्रमको कुल लगात १ करोड ७४ लाख ८ हजार रहेको छ ।

यसमा सरकारी अनुदान ८७ लाख ४ हजार , बैक तथा वित्तिय सस्थाको ऋण ५२ लाख २२ हजार ४ सय र लाभग्राहि सस्थाको ३४ लाख ८१ हजार ६०० रहेको छ । यो रकमले सुरुवाती चरणमा ३०० बाख्रा र १५ वटा उन्नत जातका बोका पाल्ने छ । साथै नश्ल सुधार गरि गुणस्तरीय बोका, पाठी उत्पादन, नयाँ प्रविधिको प्रयोग गरि आर्थीक रुपमा दिगो विकास गर्नुका साथै श्रोत केन्द्रका स्थापना गरिने समुहकी अध्यक्ष अनीता खत्रीले जानकारी दिनुभयो ।

कृषि तथा पशु पंक्षी विकास मन्त्रालयको नेपाल लाईभ स्टक सेक्टर इनोभेसन आयोजना अन्तर्गतको विकेन्द्रिकृत आयोजना सहयोग इका विराटनगरसँगको सम्झौतामा महिला समुहले बाख्रा पालनको काम गर्दै छन् ।आयोजना सुरु गर्नु अघि लक्षीत वर्गलाई आयोजनाका बारेमा जानकारी गराइएको थियो ।

समुहले शुक्रबार दमक स्थित दाहाल प्रतिष्ठानमा सार्वजनिक सुनुवाईको आयोजना गरेर आयोजनाको बारेमा त्यस समुदायका कृषक तथा लाभग्राहिलाई जानकारी गराएको हो । २०७६ सालमा स्थापना भएको यो समुहले महिलाहरुलाई कृषिमा आकर्षीत गर्दै यहि क्षेत्रबाट समृद्ध सम्भव छ भन्ने कुराको अभ्यास गर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो

दमकमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त–नियम कार्यान्वयन गर्नै सकेन नगरले

दमक, २७ कार्तिक । दमक नगरपालिकामा रहेका मुख्य बजार क्षेत्रहरुको सडकहरुमा ट्राफिक व्यवस्थापन गर्न र दुर्घटना न्युनीकरण गर्नका लागी भनेर एकतर्फी पार्किङको नियम बनाईएको थियो