उद्योगपतीको नजर अव कृषि क्षेत्रमा

चेम्वर अफ कमर्स दमकको अध्यक्षमा राजेन्द्र कुमार ढकाल, कृषि उद्योग स्थापना गर्न कमिटी गठन गरिने

दमक/
दमकमा नव गठीत नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न भएको छ । अध्यक्षमा राजेन्द्र कुमार ढकाल, उपाध्यक्ष अजय अग्रवाल, सचिव राम रिमाल , सह-सचिव चन्द्रमाया निरौला(जमुना) र कोषाध्यक्षमा सन्दिप साहेवालाको सपथ ग्रहण गराइएको थियो ।
सपथ ग्रहण गर्ने सदस्यहरुमा मैयादेवी आचार्य, सम्भु प्रसाद खतिवडा(रमेश), यमनाथ पाठक, नविन सेडाई , खेम सापकोटा र राजकुमार गुप्ता पनि रहनु भएको छ । कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष, निवर्तमान अध्यक्ष, वर्तमान उपाध्यक्ष, प्रदेश १ अध्यक्ष, झापा र मोरङका जिल्ला अध्यक्षहरुको उपस्थित रहेको थियो ।
दमक उद्योग वाणिज्य सघंको वैकल्पीक सघंगठनका रुपमा यसलाई विस्तार गरिने जनाइएको छ । विभिन्न बस्तुगत सघंहरु पनि तयार पार्दै दमकका हरेक क्षेत्रका उद्यमी तथा व्यवसायीलाई समेटिने कार्यक्रममा बताइएको छ ।
कृषि उद्यमी बन्न जोड


नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालका उद्यमीहरुले आन्तरिक उत्पादन वृद्धि गर्नु पर्नेमा जोड दिनु भएको छ ।
शुक्रबार दमकमा यस सस्थाको नगर कमटिको सपथ ग्रहण कार्यक्रममा बोल्दै मल्लले नेपालमा कृषि क्षेत्रमा अव उत्पादन बढाउनु पर्ने बताउनु भयो ।

नेपाल हरेक कुरामा उर्भर भूमि भएतापनि कृषिजन्य कुरामा परनिर्भर हुनु दुखद रहेको बताउँदै उहाँले नेपाल चेम्वर अफ कमर्सका हरेक जिल्ला र पालिका तहका शाखाले कृषि सम्बन्धी कमिटीनै बनाएर आन्तरिक उत्पादन बढाउने अभियान सञ्चालन गर्न अनुरोध गर्नु भएको छ ।

सरकारले पनि कृषि क्षेत्रलाई प्रोत्साहन गरेको हुँदा अव उद्योगीहरुले कृषिसँग सम्बन्धित उद्योगहरुको स्थापना गरिनुपर्ने बताउनु भयो ।

हरेक जिल्लामा के उत्पादन हुन्छ तत् तत् ठाउँका त्यस उत्पादन सम्बन्धीका बिज्ञहरुसँग परामर्ष गर्दै योजना बनाएमा आफुहरुले प्रविधि र अन्य प्राविधिक सहयोग गर्ने पनि उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो ।


इजरायल , जापान जस्ता देशमा प्रयोग भएका कृषि सम्बन्धीका ज्ञानहरु नेपाली समुदायमा स्थापीत गर्न नेपाल चेम्वर अफ कमर्सले सहयोग गर्ने र अन्य देशका प विकसीत प्रविधिलाई पनि आफुहरुले नेपालमा स्थापीत गराउने भन्दै मल्लले नेपाली उत्पादनमा लाग्न सबै उद्योगी र तथा व्यवसायीहरुलाई आग्रह गर्नु भएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा गुडिरहेको बुलेट मोटरसाइकलमा आगलागी, चालक सकुशल

दमक,१ वैशाख । मिति २०८३ साल वैशाख १ गते दिउँसो १२ः४५ बजे दमक नगरपालिका–८ स्थित पूर्व–पश्चिम लोकमार्गमा गुडिरहेको मोटरसाइकलमा अचानक आगलागी भएको छ। प्रहरीका अनुसार

घुम्ने होइन त बाजुराका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु ?

बाजुरा,१ वैशाख । नयाँ बर्ष २०८३ प्रारम्भ भएको छ । नयाँ उत्साह र उमंगका साथ नयाँ बर्ष मनाइँदैछ । नयाँ बर्षका अवसरमा भेटघाट र घुमघाम

नयाँ वर्षमा पूर्व प्रधानमन्त्री कार्कीको शुभकामना

काठमाडौं,१ वैशाख। निवर्तमान प्रधानमन्त्री शुसीला कार्कीले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना दिनु भएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत उहाँले बितेका वर्षका अनुभवहरूबाट सिक्दै आगामी

बजारमा कति बढ्यो अण्डाको मूल्य?

चितवन, १ बैशाख । अण्डाको उत्पादनमा आएको कमी र बजारमा माग बढेपछि अण्डाको मूल्य पुनः वृद्धि भएको छ । लेयर्स कुखुरापालक सङ्घले फार्म मूल्यलाई आधार

अमेरिकी नाकाबन्दी निर्णयको विरोधमा युरोपेली देशहरु

एजेन्सी,१ वैशाख । अधिकांश युरोपेली देशहरूले इरानी समुद्री यातायातमा नाकाबन्दी लगाउने अमेरिकी निर्णयको विपक्षमा देखिएका छन् । ति देशहरुले कूटनीतिक समाधानमा जोड दिँदै र हर्मुजको