दमक/
झापाको दमकमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी सस्थाले आफुलाई देशकै पहिलो आध्यात्मिक सहकारी बनाउने घोषणा गरेको छ ।
देशमा आर्थीक रुपमा देखिको संकटबाट समेत कसरी जुध्न सकिन्छ भन्ने कुराको जानकारी आध्यात्मिक माद्यमबाट मात्रै सम्भवन हुने ठहर गर्दै यस्तो घोषणा गरिएको सस्थाका कर्मचारी तथा गत बिहिबार सम्पन्न जिवन बिज्ञान कार्यक्रमका संयोजक राजकुमार खड्काले बताउनु भयो ।
कार्यक्रम सकिएपछि उज्यालो खवरलाई प्रतिकृया दिदै खड्काले भन्नु भयो ‘जीवन जीउन सिकाउने हो भने आर्थीक समृद्धि त्यसैबाट हुने रहेछ । अव सुर्यदर्शन यहि अभियानमा लागेको छ । ’
गत बिहिबार सहकारीले एल पी भानु शर्मालाई ल्याएर करिव ३ सयको हारहारीमा सदस्यहलाई उपस्थित गराई जीवन विज्ञान तथा सकरात्मक जीवन रुपान्तरण कार्यक्रम गरेको थियो । सो कार्यक्रममा शर्माले करिव डेढ घण्टा प्रवचन दिनु भएको थियो ।
यसरी उहाँले जीवन कसरी जिउँने भन्ने विभिन्न सुत्रहरु बताइदिनु भयो । खासमा अहिले मानीसहरु किन र कसरी असफल भइरहेका छन् र सफल जीवन जीउने तरिकाका बारेमा पनि बताउनु भएको थियो ।
यो कार्यक्रममा सहभागीहरुले आफुले जीवनमा महत्वपूणर् जानकारी पाएको र यसले आफ्नो जीवनको दैनिकि सञ्चालन गर्न महत्वपूणर् भूमिका निर्वाह गर्ने प्रतिकृया दिएका छन् ।
यसै गरि सस्थाले आफ्ना शेयर सदस्यहरुका जेहेन्दार छोराछोराछोरीलाई छात्रबृद्धि समेत प्रदान गरेको छ । सस्थामै अभिभावक सहित बालबालकालाई बोलाएर एक औपचारिक कार्यक्रमको आयोजना गरि यस प्रकारको कार्यक्रम गरिएको हो ।
३१ जना छात्रा छात्रहरुलाई गत बुधबार एक वर्षलाई पुग्ने गरिका शैक्षिक सामाग्रीहरु दिइएको थियो । यो कार्यक्रमलाई अर्को वर्षदेखी मासिक शुल्क समेत वितरण गरि पूणर् अभिभावकत्व ग्रहण गर्ने गरिका कार्यक्रम गर्ने कार्यक्रम संयोजक होम प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
भिडियोमा हेरौ