दमक/
विदेश पढ्न पठाउने सस्था हो ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माईग्रेसन सर्भिस । यो दमकका बिगत ५ वर्षदेखी सञ्चालनमा छ । देशका विभिन्न मुख्य शहरहरुमा शाखा कार्यालय रहेको यो सस्थाले कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर ‘द रोड अ हेड’ कार्यक्रम गर्दै छ ।
यो कार्यक्रमबारे जानकारी दिन यसको दमक शाखाले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो । शाखाका निर्देशक दिनेश जंग खड्काका अनुसार ‘द रोड अ हेड’ कार्यक्रममा पढ्नकालागि विदेश किन जाने ?विदेशमा पढेपछि नेपालमै आएर केकेमा कसरी काम गर्न सकिन्छ र अन्यको भन्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्नेबारेमा जानकारी दिने छ , नेतृत्व विकास र विविध मनोरञ्जनका साथै आफ्नो भविष्यको योजना कसरी बनाउने भन्नेबारेमा विद्यार्थीहरुलाई परामर्ष गरिने छ ।
यो कार्यक्रममा विभिन्न ख्याती प्राप्त कलाकारहरुका साथमा एब्रोड एजुकेशन सम्बन्धीका विज्ञहरुको उपस्थित रहने र ३ घण्टाको सेसन भरपूर जानकारीमुलक र जीवन उपयोगी हुने खड्काले बताउनु भयो ।
यो कार्यक्रममा दमकमा जेठ २१ गते हुने छ । दमकमा रहेको गोर्खा डिर्पाटमेण्टको हलमा हुने कार्यक्रममा सहभागी हुन चाहने विद्यार्थीहरुले निशुल्क प्रवेश पाउने छन् ।
कार्यक्रम २० गते विर्तामोडमा सुरु भएर असार २ गते काठमाडौमा पुगेपछि समापन हुने छ ।
दमकका यसको तयारी के हुँदैछ भन्नेबारेमा खड्काले पत्रकार सम्मेलनका क्रममा दिनु भएको जानकारीको भिडियो यहाँ राखीएको छ ।