उज्यालो शिक्षा

विद्यार्थीलाई ‘दमक भ्यू टावर’को अवलोकन, के देखे के सिके ?(भिडियोमा हेरौ)

 

दमक/
दमक ३ मा रहेको अक्सफोर्ड अग्रेजी माद्यमिक विद्यालयले कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरुलाई निर्माणाधिन ‘दमक भ्यू टावर’को स्थलगत अवलोकन गराएको छ ।

विद्यार्थीहरुलाई आफ्नै ठाउँमा बन्दै गरेको राष्ट्रिय गौरवको आयोजनाको बारेमा तथ्यपरक जानकारी दिन ‘भ्यू टावर’ बनिरहेको ठाउँ दापगाँछीमै लगिएको विद्यालयका सामाजीक विषयका शिक्षक तोयानाथ चापागाईले जानकारी दिनुभयो ।

यसले विद्यार्थीहरुमा पुस्तक देखी बाहिरको कुरा पनि सिक्न मद्यत पुग्ने र आफ्नै ठाउँमा बनिरहेका योजनाको बारेमा जानकारी समेत हुने भएकोले अतिरिक्त जानकारीकालागि ‘भ्यू टावर’मा लगिएको शिक्षक चापाईँले उज्यालो खवरलाई जानकारी दिनुभयो ।

विद्यार्थीहरुले पनि यौ नौलो अभ्यास भएको र फरक अनुभूति गरेका प्रतिकृया दिएका छन् । ‘भ्यू टावरमा प्रवेश गर्ने बित्तिकै उनीहरुको मनमा दमकमा पनि यत्ती ठुलो बिजनेश मल बन्दै गरेको देख्दा ‘ओ हो दमक त अव विकास हुँदै रहेछ ’ भन्ने अनुभूति भएको बताएका छन् ।

पढिसकेपछि यहि काम गर्ने पनि विद्यार्थीहरुले सपना देख्न थालेका छन् । आफुले पढेको क्षेत्रकै आधारमा मल भित्र हुने रोजगारका अवसरमा आफुपनि सहभागी भएर यहि काम गर्ने उनीहरुको नयाँ धोको बनेको छ ।

साथै यहाँ उनीहरुले रङ्गमञ्च देखी लिएर वाटर फाउण्डेसशन, चिल्डे्रन पार्क तथा अन्य बिभिन्न संरचना बनेको देख्दा दमक देखीका मात्रै नभएर यहाँभन्दा बाहिरका मानीसहरु पनि आउने अनुमान उनीहरुले गर्न थालेका छन् ।
अझ टावर भित्रका सपिङ हल तथा होटल , रेष्टुरेण्टहरु समेत चल्न थालेपछि धेरै मानीसहरुको आकर्षणको केन्द्र बन्न सक्ने भन्दै यसबाट अझ धेरै रोजगार बढ्ने उनीहरुले थाह पाए ।

भ्यू टावर देखी बाहिरी क्षेत्रमा समेत व्यापार बढ्न सक्ने भएकोले दमकका आर्थीक चलायमान हुदा दमकको समृद्धि हाम्रै पालामा हुने रहेछ भन्ने उनीहरुले परिकल्पना गरेका छन् ।

विद्यालयले विद्यार्थीहरुलाई कितावी ज्ञान मात्रै नभएर बाहिरी क्षेत्रको ज्ञान दिन विभिन्न परियोजनामा केन्द्रित रहेर पठन पाठन गराउँदै आएको यसका प्रधानाध्यापक गंगादेव चौधरीले जानकारी दिनुभयो ।

भिडियो हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा

बुद्ध जयन्तीमा प्रधानमन्त्रीको आग्रह– शान्ति र अहिंसाको बाटो रोजौँ

काठमाडौं,१८ वैशाख । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गर्नु भएको छ । आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत

डिआइजी रेग्मीद्वारा इलाका प्रहरी कार्यालय पालुङको निरीक्षण

हेटौँडा,१८ वैशाख । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर

काठमाडौं महानगरद्वारा मेलमिलापकर्ताको शपथ र अभिमुखीकरण र्कायक्रम सम्पन्न

काठमाडौं,१८ वैशाख । काठमाडौं महानगरपालिकामा सूचीकृत १५४ जना मेलमिलापकर्तालाई कार्यवाहक प्रमुख सुनिता डंगोलले शपथ गराउनु भएको छ। राष्ट्रियसभा गृहमा आयोजना गरिएको ‘मेलमिलापकर्ताको शपथ तथा अभिमुखीकरण’