दमक/
दमक ३ मा रहेको अक्सफोर्ड अग्रेजी माद्यमिक विद्यालयले कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरुलाई निर्माणाधिन ‘दमक भ्यू टावर’को स्थलगत अवलोकन गराएको छ ।
विद्यार्थीहरुलाई आफ्नै ठाउँमा बन्दै गरेको राष्ट्रिय गौरवको आयोजनाको बारेमा तथ्यपरक जानकारी दिन ‘भ्यू टावर’ बनिरहेको ठाउँ दापगाँछीमै लगिएको विद्यालयका सामाजीक विषयका शिक्षक तोयानाथ चापागाईले जानकारी दिनुभयो ।
यसले विद्यार्थीहरुमा पुस्तक देखी बाहिरको कुरा पनि सिक्न मद्यत पुग्ने र आफ्नै ठाउँमा बनिरहेका योजनाको बारेमा जानकारी समेत हुने भएकोले अतिरिक्त जानकारीकालागि ‘भ्यू टावर’मा लगिएको शिक्षक चापाईँले उज्यालो खवरलाई जानकारी दिनुभयो ।
विद्यार्थीहरुले पनि यौ नौलो अभ्यास भएको र फरक अनुभूति गरेका प्रतिकृया दिएका छन् । ‘भ्यू टावरमा प्रवेश गर्ने बित्तिकै उनीहरुको मनमा दमकमा पनि यत्ती ठुलो बिजनेश मल बन्दै गरेको देख्दा ‘ओ हो दमक त अव विकास हुँदै रहेछ ’ भन्ने अनुभूति भएको बताएका छन् ।
पढिसकेपछि यहि काम गर्ने पनि विद्यार्थीहरुले सपना देख्न थालेका छन् । आफुले पढेको क्षेत्रकै आधारमा मल भित्र हुने रोजगारका अवसरमा आफुपनि सहभागी भएर यहि काम गर्ने उनीहरुको नयाँ धोको बनेको छ ।
साथै यहाँ उनीहरुले रङ्गमञ्च देखी लिएर वाटर फाउण्डेसशन, चिल्डे्रन पार्क तथा अन्य बिभिन्न संरचना बनेको देख्दा दमक देखीका मात्रै नभएर यहाँभन्दा बाहिरका मानीसहरु पनि आउने अनुमान उनीहरुले गर्न थालेका छन् ।
अझ टावर भित्रका सपिङ हल तथा होटल , रेष्टुरेण्टहरु समेत चल्न थालेपछि धेरै मानीसहरुको आकर्षणको केन्द्र बन्न सक्ने भन्दै यसबाट अझ धेरै रोजगार बढ्ने उनीहरुले थाह पाए ।
भ्यू टावर देखी बाहिरी क्षेत्रमा समेत व्यापार बढ्न सक्ने भएकोले दमकका आर्थीक चलायमान हुदा दमकको समृद्धि हाम्रै पालामा हुने रहेछ भन्ने उनीहरुले परिकल्पना गरेका छन् ।
विद्यालयले विद्यार्थीहरुलाई कितावी ज्ञान मात्रै नभएर बाहिरी क्षेत्रको ज्ञान दिन विभिन्न परियोजनामा केन्द्रित रहेर पठन पाठन गराउँदै आएको यसका प्रधानाध्यापक गंगादेव चौधरीले जानकारी दिनुभयो ।
भिडियो हेरौ