दमक/
केहि दिन देखी दमकमा अत्याधिक गर्मी बढेको छ । यसले गर्दा जनजिनमा असर परिरहेको छ । यही कुराको मद्यनजगर गरेर दमक नगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निणर्य गरेको छ ।
दमक नगरपालिकाले एक सुचना प्रकाशन गर्दै आज र भोली विद्यालय बन्द गर्ने निणर्य गरेको जनाइएको छ ।
शिक्षा अधिकृत प्रविण खड्काद्धारा हस्ताक्षरीत सुचनामा भनिएको छ ‘विगत केहि दिनदेखी बढेको अत्याधिक गर्मीका कारण विद्यालयको पठन पाठन लगायत गतिविधि सञ्चालन गर्न कठिनाई भएको साथै विद्यार्थीहको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने सम्भावना मद्यननजर गर्दै शैक्षिक सत्र २०८० को बर्खे बिदाबाट कट्टि हुने गरि नगर भित्र सञ्चालीत सबै सामुदायीक तथा सस्थागत विद्यालयलाई बिदा दिइएको छ ।’
तर पूर्वनिर्धारित परिक्षाभने यथावत रुपमा सञ्चालन हुने सो सुचनामा उल्लेख गरिएको छ ।