दमक/
गर्मीमा कुनै कमि नआएको भन्दै दमक नगरपालिकाले दिएको सार्वजनिक विदाको अवधि थप गरेको छ ।
आज एक सुचना सार्वजनिक गर्दै विद्यालय विदाको अवधि थप गरिएको जानकारी गराएको हो ।
दमक नगरपालिकाद्धारा जारी सुचना अनुसार आगामी २३ गते सम्म विद्यालय बन्द हुने छ । यस अघी १९ गते सम्म विदा दिइएको थियो । २० गते शनिबार परेकोले २१ गते देखी विद्यालय सञ्चालन गर्ने भनेर सुचना निकालीएको थियो ।
तर मौसमको अवस्था अझै सामान्य नभएको र मौसमविद्धहरुले अवस्थ असामान्य रहेको तथा प्रतिलकुल रहेको बताइरहेकोले विद्यालय बिदा थप गरिएको नगरपाकिलाका शिक्षा अधिकृत प्रविण खड्काले जानकारी दिनुभयो ।
खड्काद्धारा हस्तारक्षीत सुचनामा सरोकारवालाहरुको सुझावका आधारलाई मद्यनजगर गर्दै विद्यालय विदा दिने अवधि थप गरिएको जनाइएको छ ।
तर यो अवधिमा सञ्चालन भइरहेका परिक्षाहरु भने स्थगन नहुने अर्थात सञ्चालन हुने जनाइएको छ । अहिले दमकको हिमालय माविमा कक्षा ११ को परिक्षा सञ्चालन भइरहेको छ ।