दमक/
झापाको दमक ३ मा रहेको अक्सफोर्ड इङलिस सेकेण्डरी स्कुलमा यूवा रेडक्रस सर्कल गठन भएको छ ।
विद्यालयको भेलाले उपासना निरौलाको अध्यक्षतामा ११ सदस्यको सर्कल गठन गरिएको विद्यालयका प्रिन्सिपल तथा सर्कल संरक्षक समेत रहनु भएका गंगादेव चौधरीले जानाकारी दिनुभयो ।
सर्कलको उपाध्यक्षमा वर्षा बस्नेत, सचिवमा साईमन पिटर रसाईली, सह-सचिवमा तृष्णा चापागाईँ, कोषाध्यक्ष स्तुपा पौडेल, सह-कोषाध्यक्षमा अमिसा कार्की रहनु भएको छ ।
सदस्यहरुमा सत्यम ढकाल, रिपेश श्रेष्ठ, साजन खड्का, अर्जुन चम्लाईगाईँ, सशांक धिमाल, दृष्टि खनाल र दिब्या धिमाललाई चयन गरिएको शिक्षक नायक दुर्गा भण्डारीले बताउनु भयो ।
रेडक्रस सोसाईटि उप-शाखा दमकले यस प्रकारको यूरेस गठन गर्नु भनि गरेको परिपत्र अनुसार विद्यालयमा गठन गरिएको विद्यालय प्रशाषनले जनाएको छ ।
यसबाट विद्यार्थीहरुमा मानविय सहयोगको भावना विकास गराउने अपेक्षा गरिएको छ ।
,