दमक/
दमक ५ मा रहेको धनेस्वर मन्दिरमा सम्पन्न भएको पुरुणको आय व्यय सार्वजनिक भएको छ । मंसिर ११ गतेदेखि १७ गते सम्म सम्पन्न भएको श्रीमद् भागवत श्रीमद् वराह महापूराण ज्ञान महायज्ञ सम्पन्न भएको थियो।
यस यज्ञबाट ९ लाख ४९ हजार ८ सय ५२ रुपैँया नगद संकलन भएको छ भने विभिन्न दाताहरुले यहाँ रहेका संरचनाको अधुरा काम पुरा गराउने प्रतिवद्धता समेत जनाउनु भएको छ। पुरुण सम्पन्न गर्नकालागि कुल २ लाख ५० हजार रुपैँया खर्च भएको पनि लेखा समितीले जनाएको छ । समितीका सदस्य बिष्णु बहादुर श्रेष्ठका अनुसार विभिन्न दाताहरुको सहयोग आएकोले पुराणको खर्च कम देखिएको हो ।
पूराणमा सहाभागी भएर सबै भन्दा धेरै दमक ५ का राजकुरमा गिरीले नगद ५१ हजार १ सय ११ रुपैँया सहयोग गर्नु भएको छ । यस्तै दमक ६ मा रहेको निरौला सुनचाँदी पसलको तर्फबाट कुमार र शुष्मा निरौलाले नगद २५ हजार १ सय १० रुपैँया नगद सहयोग गर्नु भएको छ । यस्तै विभिन्न व्यक्तिहरुले मन्दिर परिसरमा विभिन्न संरचना बनाइदिने र निर्माण भइरहेकाहरुको थप बृद्धि गर्नका लागि घोषणा पनि गरेका छन् ।
मन्दिरको सभाहलमा रहेका ११ वटा पिल्लरको सौन्दर्यकरण गर्नकालागि खेम अधिकारीलेले त्यसबेला घोषणा गर्नु भएको थियो । अहिले यो घोषित काम करिव अन्तिम चरणमा पुगेको मन्दिर व्यवस्थापन समितीले जनाएको छ । यस्तै समाजसेवी चन्द्र गजमेरले २ तले आधुनिक भान्सा घर बनाउने उद्धघोष गर्नु भएको छ भने दिपक र सुवास लुइँटेलले मन्दिर परिसरमा गणेशको मन्दिर सहित मुर्ती समेत स्थापना गराउने घोषणा गर्नु भएको छ । मन्दिर व्यवस्थापन समितीका अध्यक्ष रुद बहादुर कार्कीले ब्यासमा बस्ने गुरुहरु बस्ने आवासको माथील्लो तला पनि थप गने उद्धघोष गर्नु भएको समितीका सचिव एकराज लुईटेलले जानकारी दिनुभयो ।
यी हुन मन्दिरमा दान गर्ने दानविरहरु
१) राजकुमार गिरी दमक ५ ५१ हजार ११ सय ११
२)निरौला सुनचाँदी पसल( कुमार/शुष्मा निरौला) , २५ हजार १ सय १०
३)टिक बहादुर/तारा सुवेदि दमक २, २० हजार ५
४)कमल बहादुर राई दमक ५ , १३ हजार ५
५)गन बहादुर/प्रभा अधिकारी, ११ हजार १ सय ५
६) यादव न्यौपाने कमल गाउँपालिका, ११ हजार५ सय ६०
७) मनिष पोखरेल दमक ५, ११ हजार
८)डिल्लीराम/संगिता ढकाल दमक ५, १० हजार ५००
९) खगेन्द्र /स्वेता थापा दमक २, १० हजार ४४५
१०)ऐस्वर्य/उर्मीला तिम्सिना दमक ६ , १० हजार १ सय
११)लक्ष्मी भण्डारी, दमक ५, १० हजार १ सय
धार्मिक क्षेत्रमा विकास हुँदै
झापाको दमकमा रहेको धनेस्वर धाम धार्मिक पर्यटकिय स्थलको रुपमा प्रर्वधन भइरहेको छ । धनेस्वर धाम प्रतिको आस्था र यहाँ बनेका विभिन्न संरचनाले यहाँ आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण बढाएको छ । पूर्व पश्चिम राजर्माग अन्तर्गत क्याम्पसमोडबाट करिव डेढ किलोमिटर उत्तर गएपछि पुगिन्छ धनेस्वर मन्दिर भएको धाम । यो धाम अन्य सामान्य मन्दिर जस्तो हैन । यसको बेग्लै किम्वदन्ती रहेको छ ।
परापूर्वक कालमा यहाँ धनेश्वर महावेद छन् र धनेस्वर भनेको चाहि धनका महादेव हुन भन्ने बुझेर केहि व्यक्तिहरुले उत्खनन् गर्ने प्रयास गरेका थिए । त्यसक्रममा ती उत्खनन् गर्ने व्यक्तिहरु रगतसरी वान्ता गरेपछि यहाँको शक्ति अपरम्पार रहेछ भनेर यसको संरक्षण हुन थालेको पंडित भागवत भूषण उदयनाथ दाहाल शास्त्रीले बताउनु भयो ।
अहिले पनि यस मन्दिरमा स्वच्छ मनले मागेमा पुरा हुने विस्वास यहाँका नागरिकमा छ । धनेश्वर वावाधामले आफु यहाँ रहेको कुरा यहाँ आउने भक्तजनमा केहि न केहि दिएर वा गराएर संकेत पनि दिइरहनु भएको हुन्छ । यस प्रकारका विभिन्न रुपमा र स्वरुपमा धनेश्वर वावाले आफु यहाँ भएको सन्देश दिने गर्नु भएको छ । त्यसैले अहिले यहाँ दमक सहित आसपासका भक्तजनहरु नियमितरुपमा आउने गरेका छन् । यहाँ धनेश्वर धामको मुख्य मन्दिरका साथै अन्य विभिन्न देवि देउवाको पनि मन्दिर बनाइएको छ ।
यतीमात्र होईन यहाँको नाग पोखरी पर्वी नेपालकै एक आकर्षक बनेको छ । पोखरीको बिचमा शिवजीको प्रतिमा र सो प्रतिमाको शिरमा रहेको नागबाट पानी आइरहने गरिको संरचना यहाँ बनाइएको छ । यो पोखरीको वरीपरि सुन्दर फूलबारी र बस्ने फलैँचा भएका कारणले पनि धार्मिक पर्यटकहरु आउने गरेको धनेश्वस पाञ्चायान मन्दिर व्यवस्थापन समितीका सचिव एकराज लुईटेलले जानकारी दिनुभयो ।
मन्दिरले अघिल्लो पटकनै घोषणा गरेको प्रदेश १ कै सबैभन्दा अग्लो शिवको प्रतिमालाई यो वर्ष पनि निर्माण गर्ने घोषणा गरिएको छ ।कोभिडका कारण सबै योजनाहरु अलपत्र परेका कारणले यो यजना पनि यस्तै भएको अध्यक्ष कार्कीको भनाई छ । प्रदेश १ सरकारले समेत योजनामा पारेर बजेट नै बिनियोजन गराएको भएपनि कोरोनाकै कारण त्यो योजना हटेकोले उहाँले स्पष्ट पार्नु भएको छ । दमकमा प्रदेश १ कै सबै भन्दा अग्लो शिवको प्रतिमा बनेमा दमक धार्मिक पर्यटकीय क्षेत्रमा एक गन्तव्य बन्ने मन्दिरको दावी छ ।