जनतासँग जनप्रतिनिधी

दमकको ५ नम्बर वडा बालमैत्री घोषणा हुँदै, बालबालिकाले के पाउलान ?(भिडियो सहित)

bal maitri wada

 

दमक/
२०८७ सालसम्म सबै स्थानीय तहलाई बालमैत्री बनाउने लक्ष्यका साथ जारी भएको निर्देशिकाले ५१ ओटा सूचक पूरा भएपछि कुनै पनि स्थानीय तहले आफूलाई बालमैत्री घोषणा गर्न सक्ने प्रबन्धसमेत गरेको छ।

यहि अनुसार झापाको दमक नगरपालिकाले पनि आफ्नो काम सुरु गरेको छ । दमकका १० वटा वडा मध्ये पहिलो पटक वडा नं ५ बालमैत्री वडा बन्ने तरखरमा अघी बढिरहेको छ ।

यसकालागि वडाका जनप्रतिनिधी, अभिभावक, कर्मचारी, बालक्लव सदस्य तथा पदाधिकारी, सामाजीक व्यक्तित्वहरुलाई सामुहिक रुपमा बाल श्रम शोषण अन्त्य गरौ , बालमैत्री वडा स्थापना गरौ जस्ता नारा लेखिएका पम्प्लेट टासिदैछ । कविद्यालयहरुलाई तोकिएको सुचक पालना गर्न निर्देशन गरिएको वडा नं ५ का वडा सदस्य गोपल प्रसाद संगौलाले कार्यक्रम जनतासँग जनप्रतिनिधीको कुराकानीका क्रममा बताउनु भयो ।

युनिसेफले बालमैत्री वातावरणका मूलभूत सिद्धान्तका रूपमा चार वटा खम्बालाई अगाडि सारेको छ । बालबालिकाको रुचि अनुसार स्कूल सञ्चालन हुनुपर्ने, शैक्षिक वातावरण सुरक्षित स्वस्थ र संवर्द्धनात्मक हुनुपर्ने, कक्षामा तालीमप्राप्त शिक्षक र पर्याप्त शैक्षिक सामग्रीहरू हुनुपर्ने एवं बाल अधिकारको प्रत्याभूति र उनीहरूका मागको सुनुवाइ हुनुपर्ने कुरा बालमैत्री विद्यालयका आधारभूत तत्त्व हुन् भनी युनिसेफले भनेको छ।

दमकमा अझै पनि सार्वजनिक सवारी, होटल तथा असङ्गठित क्षेत्रमा श्रम गर्ने बालबालिकाको संख्या ठूलो छ। अलपत्र अवस्थामा रहेका, पारिवारिक हिंसा भोगेका, गरीबी र अभावको पीडा बीच अभिभावकविहीन बालबालिकालाई नियम र कानूनमा भएका अधिकार, सेवा र सुविधा प्रदान गर्न प्रभावकारी निकाय नभएका कारण उनीहरू दयनीय अवस्थामा देखिन्छन्।

स्थानीय सरकारले उपयुक्त किसिमले अनाथ, असहाय र अशक्त बालबालिकालाई आधारभूत सुविधा प्रदान नगरुन्जेल बालअधिकारका विषय कागजी दस्तावेजका रूपमा मात्र रहने निश्चित छ।

वडा सदस्य संगौलासँगकोे कुराकानीको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।