बिदेशको कमाई स्वदेशमा लगानी

साउदी अरवबाट फर्केका यूवाले खोले दमकमा जाभा क्याफे

java-cafe-damak

दमक/
झापाको दमक ६ मा इटालियन कफिको स्वाद र ताजा जुस हाउस सञ्चालनमा आएको छ । नयाँ सब्जी बजार पश्चिम भृकुटी चोक निस्कने कर्नरमै जाभा कफि एण्ड जुस सेन्टर सञ्चालनमा आएको हो ।

२५ लाख रुपैँयाको लगानीमा दमक ५ निवासी हरि प्रसाद गिरीले सो क्याफे सञ्चालनमा ल्याउनु भएको हो । यहाँ इटालिनियन स्वादको सिमे ब्राण्डको कफि र बजारमा पाइने सबै प्रकारका फलफूलको ताजा जुसको सेवा यहाँ उपलब्ध छ ।

क्याफोको सोमबार एक औपचारीक कार्यक्रमको आयोजना गरि उद्धघाटन पनि गरिएको छ । नेकपा एमालेका दमक नगर कमिटीका पूर्व अध्यक्ष बोध प्रसाद घिमिरे र ह्याप्पी नेपालका कार्यक्रम संयोजक सुरेन्द्र श्रेष्ठले रिवन काटेर संयूक्त रुपमा उद्धघाटन गर्नु भएको हो ।

साउदी अरवमा ८ वर्ष काम गरेर फर्कनु भएका गिरीले नयाँ प्रकारको व्यवसाय सुरु गरेको बताउनु भयो ।

बजारमा धुलो उडेका ठाउँमा अभिएर जुस पिउनुपर्ने बाध्यतालाई सफा र शान्त वातावरणमा सोफामा बसेर पनि जुस पिउँन सक्ने गरिको वातावरण यहाँ रहेको उहाँले बताउनु भयो । कफिमा पनि नयाँ र फरक स्वाद दिने लक्ष राखीएको बताइएको छ ।

यसै गरि आफुले साउदी अरवमा बस्किन नामक आइसकृम कम्पनीमा काम गरेको अनुभव अव आफ्नै ठाउँमा प्रयोग गर्ने गिरीको योजना रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको