बिदेशको कमाई स्वदेशमा लगानी

साउदी अरवबाट फर्केका यूवाले खोले दमकमा जाभा क्याफे

दमक/
झापाको दमक ६ मा इटालियन कफिको स्वाद र ताजा जुस हाउस सञ्चालनमा आएको छ । नयाँ सब्जी बजार पश्चिम भृकुटी चोक निस्कने कर्नरमै जाभा कफि एण्ड जुस सेन्टर सञ्चालनमा आएको हो ।

२५ लाख रुपैँयाको लगानीमा दमक ५ निवासी हरि प्रसाद गिरीले सो क्याफे सञ्चालनमा ल्याउनु भएको हो । यहाँ इटालिनियन स्वादको सिमे ब्राण्डको कफि र बजारमा पाइने सबै प्रकारका फलफूलको ताजा जुसको सेवा यहाँ उपलब्ध छ ।

क्याफोको सोमबार एक औपचारीक कार्यक्रमको आयोजना गरि उद्धघाटन पनि गरिएको छ । नेकपा एमालेका दमक नगर कमिटीका पूर्व अध्यक्ष बोध प्रसाद घिमिरे र ह्याप्पी नेपालका कार्यक्रम संयोजक सुरेन्द्र श्रेष्ठले रिवन काटेर संयूक्त रुपमा उद्धघाटन गर्नु भएको हो ।

साउदी अरवमा ८ वर्ष काम गरेर फर्कनु भएका गिरीले नयाँ प्रकारको व्यवसाय सुरु गरेको बताउनु भयो ।

बजारमा धुलो उडेका ठाउँमा अभिएर जुस पिउनुपर्ने बाध्यतालाई सफा र शान्त वातावरणमा सोफामा बसेर पनि जुस पिउँन सक्ने गरिको वातावरण यहाँ रहेको उहाँले बताउनु भयो । कफिमा पनि नयाँ र फरक स्वाद दिने लक्ष राखीएको बताइएको छ ।

यसै गरि आफुले साउदी अरवमा बस्किन नामक आइसकृम कम्पनीमा काम गरेको अनुभव अव आफ्नै ठाउँमा प्रयोग गर्ने गिरीको योजना रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको ग्लोवल एजुकेशनलको स्वागत कार्यक्रममा यस्तो देखियो

दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै

सरकारले तत्कालका लागि रोक्यो डीएपी मलको बिक्री वितरण

काठमाडौं , २६ भदौ । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको

आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न सांसद सुनारको माग

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी

१,३८५ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।बाढीका कारण रसुवा, नुवाकोट,

प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन फोरएच नेपालको माग

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच