दमक/
आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम एंव बजेट प्रस्तुत गर्दै दमक नगरपालिकाले शिक्षाकालागी बजेट वृद्धि गरेको छ ।
चालु आर्थिक वर्षमा शिक्षा सुधारकालागी एक करोड बजेट छुट्याईएकोमा आगामी आर्थिक वर्षकालागी ४ करो ८४ लाख ९० हजार बजेट प्रस्तुत भएको छ
यस्तै अन्तर सरकारी बित्तीय हस्तान्तरण सहित गरि दमकमा शिक्षामा कुल ३७ करोड ६९ लाख ८४ हजार बजेट प्रस्ताव गरिएको छ ।
दमक नगरपालिकाको तेर्हौ नगरसभामा आगामी आर्थिक वर्षको बजेट ,निति तथा कार्यक्रम प्रस्तुत गर्दै उप प्रमुख रेगिना भट्टराई प्रसाईले दमकको शिक्षा सुधारमा केन्द्र सरकार मार्फत ३२ करोड ४२ लाख ,९४ हजार बेजेट आउने र प्रदेश सरकारबाट ४२ लाख आउने गरि शिक्षामा कुल ३७ करोड ६९ लाख ८४ हजार रुपैया तय गरिएको जानकारी दिनु भयो ।