डाइभर्सन गरेर अवरुद्ध मेची राजमार्ग खुलाइँदै

serghasdg-square-thumb

 बाढीका कारण पुल बगेपछि ठप्प भएको मेची राजमार्ग अन्तरगत फिदिम–ताप्लेजुङ सडक खण्डमा डाइभर्सन गरेर सुचारु गर्ने तयारी गरिएको छ । राजमार्ग आज साँझ सम्ममा सुचारु हुने भएको छ ।

सडक डिभिजन इलामले हेँवा खोलामा ह्युम पाइप राखेर डाइभर्सन गर्दै यातायात सुचारु गराउन लागेको हो । डाइभर्सनका लागि शनिवार साँझदेखि ह्युमपाइप राख्ने काम थालिएको सडक डिभिजन प्रमुख विदुर पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार इटहरी स्थित सडक डिभिजनको गोदामबाट ल्याइएका ह्युम पाइप खोलामा पानीको सतह घटेसँगै राख्न सुरु गरिएको उहाँले बताउनुभयो । ह्युम पाइप राख्न आज अपराह्नसम्म समय लाग्ने र काम सकिए लगत्तै फिदिमदेखि ताप्लेजुङ सवारी तथा ढुवानीका साधन आवागमन सुचारु गराउने योजना रहेको पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बत्ताउनुभयो ।

असार ३ गते गएको बाढीले हेवा खोला पुल बगाएसँगै एक सातादेखि फिदिम ताप्लेजुङ सडक खण्डमा यातायात तथा ढुवानीका साधन चल्न सकेका छैनन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको