डाइभर्सन गरेर अवरुद्ध मेची राजमार्ग खुलाइँदै

 बाढीका कारण पुल बगेपछि ठप्प भएको मेची राजमार्ग अन्तरगत फिदिम–ताप्लेजुङ सडक खण्डमा डाइभर्सन गरेर सुचारु गर्ने तयारी गरिएको छ । राजमार्ग आज साँझ सम्ममा सुचारु हुने भएको छ ।

सडक डिभिजन इलामले हेँवा खोलामा ह्युम पाइप राखेर डाइभर्सन गर्दै यातायात सुचारु गराउन लागेको हो । डाइभर्सनका लागि शनिवार साँझदेखि ह्युमपाइप राख्ने काम थालिएको सडक डिभिजन प्रमुख विदुर पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार इटहरी स्थित सडक डिभिजनको गोदामबाट ल्याइएका ह्युम पाइप खोलामा पानीको सतह घटेसँगै राख्न सुरु गरिएको उहाँले बताउनुभयो । ह्युम पाइप राख्न आज अपराह्नसम्म समय लाग्ने र काम सकिए लगत्तै फिदिमदेखि ताप्लेजुङ सवारी तथा ढुवानीका साधन आवागमन सुचारु गराउने योजना रहेको पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बत्ताउनुभयो ।

असार ३ गते गएको बाढीले हेवा खोला पुल बगाएसँगै एक सातादेखि फिदिम ताप्लेजुङ सडक खण्डमा यातायात तथा ढुवानीका साधन चल्न सकेका छैनन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच शिष्टाचार भेटवार्ता

काठमाडौं,२ वैशाख । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच आज (बुधबार) गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । उक्त भेटघाटमा

समानुपातिक सांसदसँग प्रधानमन्त्री शाहको छलफल

काठमाडौं,२ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सबै दलबाट निर्वाचित समानुपातिक सांसदहरूसँग छलफल गर्नु भएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अन्तरक्रिया

कांग्रेसको प्रदेशसभा सदस्य कुँवरद्धारा पदबाट राजीनामा

काठमाडौं,२ वैशाख । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिनु भएको छ। मन्त्री पद नपाएपछि मन्त्री कुँवरले पदबाट राजीनामा दिनु भएको हो ।

पूर्वउपसभापति खड्कासँग कांग्रेसको ७ दिने स्पष्टिकरण माग

काठमाडौं,२ वैशाख । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन,