विराटनगर-इटहरी-धरान छ लेन सडकमा समस्या

सम्पन्न नहुँदै बनेको सडक भत्कियो

बिराटनगर/
विराटनगर-इटहरी-धरान खण्डको छ लेन सडक निर्माण सम्पन्न नहुँदै भत्किन थालेको छ । विराटनगरको रानी खण्डको तीन किलोमिटर सडक भासिएर भत्किन थालेका हो । ‘अस्पाल्ट’ प्रविधिको कालोपत्रे भनिएपनि सडक भत्किन थालेपछि विराटनगरको रानी सडक खण्डमा अहिले एकतर्फी सवारी आवागमन हुँदै आएको छ ।

छ लेन सडक निर्माणको काम १७ वटा खण्डमा वर्गीकरण गरी विभिन्न ठेकेदार कम्पनीले सडक विस्तारका काम गदै आएका छन् । रानीदेखि धरानसम्मको सडक बिस्तारको काम उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाले गर्दै आएको छ । सडक निर्माणमा कमसल सामग्री प्रयोग गरिएकाले निर्माणाधीन सडक निर्माण सम्पन्न नहुँदै भासिएको अनुमान छ ।

छ लेन सडकको भारवहन क्षमता २० टन मात्र छ । भारतबाट औद्योगिक कच्चा पदार्थ बोकेर नेपाल आएका ३० टनसम्म भार बोकेका लहरी लगायतका ढुवानीका साधन गुड्दा रानी सडक खण्ड भासिन पुगेको पनि स्थानियको अनुमान छ ।

आशिष निर्माण कम्पनीले पनि भारतबाट ठूला मालबाहक सवारी साधन औद्योगिक नगरी विराटनगर प्रवेश गर्दा सडकले थेग्न नसकेका कारण सडक भासिन पुगेको बताउँदै आएको छ । विराटनगरको रानीदेखि धरानको तीनकुनेसम्म ४९ किलेमीटर सडक छ लेनमा बिस्तार गर्ने काम अहिले पनि जारी छ ।

संघीय सरकारले १० अर्ब ९८ करोड रुपैयाँको लागतमा २०६९/७० देखि छ लेन सडक बिस्तारको काम सुरु गरेको थियो । रानीदेखि सुनसरीको तरहरासम्म ३४ किलोमिटरमध्ये ३२ किलोमिटर क्षेत्रमा कालोपत्रको काम सकिएको छ । दुहवीको दुई किमि क्षेत्रमा कामको सुरुवात नै हुन सकेको छैन ।

यो खण्डमा विभिन्न १७ वटा निर्माण कम्पनीले काम गरेका छन् । सडकको बीच भागमा डिभाइडर राखेर दायाँ-बायाँ ३/३ लेनमा विभाजन गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा

दमक नगरको बजेट : यी हुन ५ प्राथमिकता

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रममार्फत विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, वातावरण र सुशासनलाई प्राथमिकतामा राखेको जनाएको छ। नगरपालिकाको

बाँदरबाट बाली जोगाउन मझुवागढी नगरपालिकाद्वारा बजेट विनियोजन

काठमाडौं,१० असार । किसानले लगाएको वाली भित्राउने वेला बाँदरले खाएर हैरानी पारे पछि खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट छुटाइएको

कार र मोटरसाइकल ठोक्किँदा वरिष्ठ सई यादवको मृत्यु

सुनसरी,१० असार । नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालुकुमार यादवको सुनसरीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ भने उहाँकी पत्नी रामपरी यादव घाइते