विराटनगर-इटहरी-धरान छ लेन सडकमा समस्या

सम्पन्न नहुँदै बनेको सडक भत्कियो

बिराटनगर/
विराटनगर-इटहरी-धरान खण्डको छ लेन सडक निर्माण सम्पन्न नहुँदै भत्किन थालेको छ । विराटनगरको रानी खण्डको तीन किलोमिटर सडक भासिएर भत्किन थालेका हो । ‘अस्पाल्ट’ प्रविधिको कालोपत्रे भनिएपनि सडक भत्किन थालेपछि विराटनगरको रानी सडक खण्डमा अहिले एकतर्फी सवारी आवागमन हुँदै आएको छ ।

छ लेन सडक निर्माणको काम १७ वटा खण्डमा वर्गीकरण गरी विभिन्न ठेकेदार कम्पनीले सडक विस्तारका काम गदै आएका छन् । रानीदेखि धरानसम्मको सडक बिस्तारको काम उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाले गर्दै आएको छ । सडक निर्माणमा कमसल सामग्री प्रयोग गरिएकाले निर्माणाधीन सडक निर्माण सम्पन्न नहुँदै भासिएको अनुमान छ ।

छ लेन सडकको भारवहन क्षमता २० टन मात्र छ । भारतबाट औद्योगिक कच्चा पदार्थ बोकेर नेपाल आएका ३० टनसम्म भार बोकेका लहरी लगायतका ढुवानीका साधन गुड्दा रानी सडक खण्ड भासिन पुगेको पनि स्थानियको अनुमान छ ।

आशिष निर्माण कम्पनीले पनि भारतबाट ठूला मालबाहक सवारी साधन औद्योगिक नगरी विराटनगर प्रवेश गर्दा सडकले थेग्न नसकेका कारण सडक भासिन पुगेको बताउँदै आएको छ । विराटनगरको रानीदेखि धरानको तीनकुनेसम्म ४९ किलेमीटर सडक छ लेनमा बिस्तार गर्ने काम अहिले पनि जारी छ ।

संघीय सरकारले १० अर्ब ९८ करोड रुपैयाँको लागतमा २०६९/७० देखि छ लेन सडक बिस्तारको काम सुरु गरेको थियो । रानीदेखि सुनसरीको तरहरासम्म ३४ किलोमिटरमध्ये ३२ किलोमिटर क्षेत्रमा कालोपत्रको काम सकिएको छ । दुहवीको दुई किमि क्षेत्रमा कामको सुरुवात नै हुन सकेको छैन ।

यो खण्डमा विभिन्न १७ वटा निर्माण कम्पनीले काम गरेका छन् । सडकको बीच भागमा डिभाइडर राखेर दायाँ-बायाँ ३/३ लेनमा विभाजन गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल