‘प्राविधिक शिक्षा प्रति सामाजीक चेतना बढ्नै सकेन ’: बस्नेत

 

दमक/
दमकमा रहेको पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठान(वहुप्राविधिक शिक्षालय)का अध्यक्ष हुनुहुन्छ तिर्थराज बस्नेत । उहाँका दुईजना भईहरु सिप सहितको शिक्षा आवश्यक पर्छ भनेर आन्दोलनमा होमिएको बताउँदै बस्नेत भन्नु ‘हुन्छ ६२-६३ को आन्दोलनमा होमिएका मेरा भाईहरुले सिप सहितको शिक्षा नपाउँदा शहिद बन्नु पर्यो अहिले हामी त्यहि शिक्षा दिने काम गरिरहेका छौ ।’

हातमा सिप भयो भने स्वदेश वा विदेश जहाँ भएपनि बिक्न र टिक्न सकिन्छ भन्ने सोचका साथ उहाँले यो शिक्षालय स्थापना गरेको बताउनु भयो । ‘समृद्धि ल्याउन गफ होईन श्रम गर्नु पर्छ, श्रम गर्न हातमा सिप चाहिन्छ यदि सिप सहित सबै श्रममा लाग्ने हो भने मुलुक बन्न धेरै वर्षनै लाग्दैन ।’ बस्नेतले बताउनु भयो ।

उज्यालो खवरको उज्यालो शिक्षा कार्यक्रममा कुराकानी गर्दै उहाँले राज्यले प्राविधिक शिक्षामा केहि सुरुवात गरेपनि समुदायबाट भने यसको उचित उपयोग हुन नसकेको उल्लेख गर्नु भयो ।

‘राज्यले हामीलाई अनुदान दिएर निशुल्क प्राविधिक शिक्षा प्रदान गर्न भनेर कार्यक्रम दिन्छ । ती कार्यक्रममा विद्यार्थीलाई निशुल्क अध्ययन गर्न आउनुस भनेर भर्ना खोल्यो तर धेरै कम मात्रै आउने , सरकारले तोकेका कोटा पुर्याउन पनि चुनौती हुने , आएभने टिकाउन समेत धौ धौ पर्छ ।’

बस्नेत भन्नु हुन्छ अझ कतिपय कार्यक्रममा त विद्यार्थीलाई यातायत खर्च, पोषाक तथा अन्य शैक्षिक सामाग्री समेत निशुल्क दिइन्छ त्यस्ता कार्यक्रममा पनि उनीहरुको आकर्षण कम भएको देख्दा समुदाय र यूवा गर्वले अझैपनि प्राविधिक शिक्षाको महत्व बुझ्नै सकेनन कि ? उहाँको प्रश्न छ ।

बस्नेतसँग गरिएको कुराकानीको भिडियो तलको लिंकमा राखीएको छ ।

मेरा भाईहरुले सिपसहितको शिक्षा नपाउँदा शहिद बन्नु पर्योअहिले हामी त्यहि शिक्षा दिने काम गरिरहेका छौ – YouTube

Share:

Facebook
Twitter
Email
WhatsApp