दमक/
अवको पाठ्क्रम स्थानिय आवश्कीयक जनशक्तिलाई मद्यनजर गरेर बनाइनुपर्नेमा प्राध्यापक टिका अधिकारीको जोड छ । वर्तमान शिक्षा प्रणालीप्रति टिप्पणी गर्दै उहाँ भन्नु हुन्छ‘यूवा शक्तिलाई देश विकासमा प्रयोग गर्ने हो भने सिप सहितको शिक्षा दिइन आवश्यक छ । ’
आस्था कलेजमा प्राध्यापन गर्नुहुने अधिकारीका अनुसार अव घोकन्ते शिक्षा प्रयोगहिन हुदै गएको र आम यूवाहरुलाई तत्कालै त्यसको परिणाम पनि चाहिने भएकोले सिप सहितको शिक्षानै आजको आवश्यकता हो ।
यहि कुरालाई मद्यनजर गरेर एकता एकेडमी तथा आस्था कलेजले ब्यूटि तथा हेयर मेकिङ, होटल म्यानेजमेण्ट लगायतका सिपलाई जोड्ने विषयहरु पढाउन सुरु गरेको उहाँले बताउनु भयो ।
‘यसले यूवा शक्तिलाई पढिसकेपछि कहि न कहि कि रोजगार वा त स्वरोजगार बन्न अभिप्रेरित गर्ने छ र सुरु गरिहाल्न सक्ने छन् ।’
अधिकारीले उज्यालो खवरको उज्यालो शिक्षा कार्यक्रममा कुराकानी गर्दै भन्नु भयो ।
अधिकारीसँग गरिएको कुराकानी हेर्न तलको लिंकमा क्लिक गर्न सकिने छ ।