उज्यालो शिक्षा

‘विज्ञान विषय पढ्नेहरु कहिलै पछुताउदैनन्’(भिडियोमा हेरौ)

 

दमक/
दमकका धेरै विद्यार्थीहरु बिज्ञान विषय पढ्न दमक बाहिर जाने गरेका छन् । दमकमै सुविधा सम्पन्न ल्यावहरुको अभाव र दक्ष जनशक्तिको अभाव रहेको भन्दै गुणस्तरिय शिक्षा आर्जन गर्न विद्यार्थीहरु दमक बाहिर जाने गरेका हुन ।

तर पछिल्लो समय दमकमा पनि बिज्ञान विषयको पढाई व्यवस्थित तरिकाले हुने गरेको छ । दमक ४ कृष्णमन्दिर चोक देखी उत्तर तर्फ रहेको पाथीभरा अग्रेजी माद्यमिक विद्यालयले दमकमा दक्ष जनशक्ति सहित गुणस्तरिय ढंगबाट बिज्ञान विषय पढाउन थालेको जनाइएको छ ।

विद्यालय सञ्चालक समिती अध्यक्ष पारसमणी नेपालका अनुसार बिज्ञान विषय पढ्न दमक बाहिर जान नपरोस भनेर सबै प्रकारका ल्याव सहित सुविधा सम्पन्न ढङ्गले अध्यापन गराउन थालीएको बताउनु भयो ।

‘अघिल्लो वर्ष देखी हामीले दमकमा विज्ञान विषयलाई सैद्धान्तीक साथै हरेक सिद्धान्तलाई प्रयोगात्मक ढङ्गले पढाउन सबै खाले ल्यावहरु स्थापना गरेका छौ । ’नेपाल भन्नु हुन्छ दमकमा यस्तो खालको ल्याव र जनशक्ति कहि पनि छैन । पढाईको कुरामा हामी निकै संवेदनशिल भएर लागेका छौ ।’

नेपालले पाथीभरा अग्रेजी माद्यमिक विद्यालय कसरी स्थापना गरियो र बिज्ञान विषय कसरी प्राथमिकतामा पर्यो भन्नेबारेमा बताउनु भएको भिडियोलाई यहाँ राखीएको छ ।

‘बिज्ञान पढे भविष्यमा जुनसुकै क्षेत्रमा काम लाग्ने ’

यहि स्कुलका प्रन्सिपल राजन सिग्देल दमकमा विज्ञान विषय पढाउने सन्दर्भमा अनुभवी हुनुहुन्छ । दुई दशक भन्दा लामो समय देखी बिज्ञान विषय अध्यापन गराउनु भएका सिग्देल भन्नु हुन्छ ‘विज्ञान विषय पढ्ने कोहि पनि विद्यार्थी पछुताउने छैनन् ।’

विज्ञान विषय पढनेहरुले भविष्यमा जुनसुकै क्षेत्रमा गएर काम गर्न, पढ्न सक्ने समे भएकोले उज्वल भविष्य यहि विषयबाट हुने उहाँले उल्लेख गर्नुभयो । विज्ञान पढ्नेहरु पछि गएर इन्जिनियर, डाक्टर तथा अन्य वा अनुसन्धानकर्ता समेत बन्न सकिने छ । विचमा यो विषय पढ्न मन लागेन भने अन्य विषय पनि पढ्न सहज हुने भएकाले यो विषय पढ्दा कहिलै पनि कुनै दुविधा नहुने सिग्देलले उल्लेख गर्नुभयो ।

सिग्देलले विज्ञान विषयको महत्वका बारेमा बोल्नु भएको भिडियोलाई यहाँ राखीएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा

बुद्ध जयन्तीमा प्रधानमन्त्रीको आग्रह– शान्ति र अहिंसाको बाटो रोजौँ

काठमाडौं,१८ वैशाख । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गर्नु भएको छ । आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत

डिआइजी रेग्मीद्वारा इलाका प्रहरी कार्यालय पालुङको निरीक्षण

हेटौँडा,१८ वैशाख । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर

काठमाडौं महानगरद्वारा मेलमिलापकर्ताको शपथ र अभिमुखीकरण र्कायक्रम सम्पन्न

काठमाडौं,१८ वैशाख । काठमाडौं महानगरपालिकामा सूचीकृत १५४ जना मेलमिलापकर्तालाई कार्यवाहक प्रमुख सुनिता डंगोलले शपथ गराउनु भएको छ। राष्ट्रियसभा गृहमा आयोजना गरिएको ‘मेलमिलापकर्ताको शपथ तथा अभिमुखीकरण’

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग