अटिजमबारे दमकको सरस्वती माविमा कसरी पढाइ हुन्छ ? भिडियोमा हेरौ

 

दमक/
पछिल्लो समय बालबालिकाहरुमा देखिन थालेको अटिजम रोगले सबैलाई चिन्तित बनाएको छ । यसको उपचार महगो र नेपालमा भरपर्दो नभएका कारण अधिकांश बालबालिका अटिजम भएरै बस्नुपर्ने बाध्यतामा छन् ।

हालसम्म अटिजमको निश्चित कारण यही नै हो भनेर पत्ता नलागे पनि विभिन्न अध्ययन, अनुसन्धानले मस्तिष्कको संरचना वा मस्तिष्कले गर्ने काममा समस्या हुनसक्ने औँल्याएका छन्।

अटिजमको उपचारका लागि प्यारेन्ट म्यानेजमेन्ट ट्रेनिङ दिइन्छ। जसमा अभिभावकलाई बच्चाको व्यवहारिक सिप विकासमा सहयोग गर्ने पद्धतिहरु सिकाइन्छ। प्यारेन्ट म्यानेजमेन्ट ट्रेनिङ भनेको व्यवहार सम्बन्धी (बिहेबिएरल) थेरापी हो। जसमा रिवार्ड र पनिस्मेन्ट (पुरस्कार र सजाय) लाई कसरी सही तरिकाले प्रयोग कसरी गर्ने भनेर सिकाइन्छ।

दमकमा रहेको सरस्वती माद्यमिक विद्यालयमा अटिजम भएका विद्यार्थीहरुलाई पढाइन्छ । तर त्यहाँ अहिले पर्याप्त श्रोत तथा साधन छैनन् ।
खास गरि एक जना अटिजम भएका विद्यार्थीकालागि एक जना शिक्षक आवश्यक पर्छ तर यहाँ १४ जना विद्यार्थीकालागि ५ जना शिक्षकहरु छन् । जसले गर्दा प्रभावकारी रुपमा अध्यापन तथा अन्य कामहरु गराउन सकिएको छैन ।

अहिले यहाँ यस्तै अपाङ्गता भएका विद्यार्थीहरुलाई पढाउनकालागि भव्य भवन बनेको छ । भवन बनेपनि यसलाई सञ्चालन गर्ने अन्य जनशक्ति तथा श्रोत साधन भने अभाव छ ।

पर्याप्त श्रोत साधन हुने हो भने अटिजमक भएका विद्यार्थीहरुलाई केहि न केहि भएपनि व्यहारिक ज्ञान तथा अन्य सिप सिकाउने, अक्षर चिनाउने एवं पाठनै पढाउन सकिने गरिको वातावरण बन्न सक्ने यहि विद्यालयमा अध्यापन गराउनदै आउनु भएकी शिक्षिक सरिता ओझा बताउनु हुन्छ ।

भिडियोमा हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल