दमक/
पछिल्लो समय बालबालिकाहरुमा देखिन थालेको अटिजम रोगले सबैलाई चिन्तित बनाएको छ । यसको उपचार महगो र नेपालमा भरपर्दो नभएका कारण अधिकांश बालबालिका अटिजम भएरै बस्नुपर्ने बाध्यतामा छन् ।
हालसम्म अटिजमको निश्चित कारण यही नै हो भनेर पत्ता नलागे पनि विभिन्न अध्ययन, अनुसन्धानले मस्तिष्कको संरचना वा मस्तिष्कले गर्ने काममा समस्या हुनसक्ने औँल्याएका छन्।
अटिजमको उपचारका लागि प्यारेन्ट म्यानेजमेन्ट ट्रेनिङ दिइन्छ। जसमा अभिभावकलाई बच्चाको व्यवहारिक सिप विकासमा सहयोग गर्ने पद्धतिहरु सिकाइन्छ। प्यारेन्ट म्यानेजमेन्ट ट्रेनिङ भनेको व्यवहार सम्बन्धी (बिहेबिएरल) थेरापी हो। जसमा रिवार्ड र पनिस्मेन्ट (पुरस्कार र सजाय) लाई कसरी सही तरिकाले प्रयोग कसरी गर्ने भनेर सिकाइन्छ।
दमकमा रहेको सरस्वती माद्यमिक विद्यालयमा अटिजम भएका विद्यार्थीहरुलाई पढाइन्छ । तर त्यहाँ अहिले पर्याप्त श्रोत तथा साधन छैनन् ।
खास गरि एक जना अटिजम भएका विद्यार्थीकालागि एक जना शिक्षक आवश्यक पर्छ तर यहाँ १४ जना विद्यार्थीकालागि ५ जना शिक्षकहरु छन् । जसले गर्दा प्रभावकारी रुपमा अध्यापन तथा अन्य कामहरु गराउन सकिएको छैन ।
अहिले यहाँ यस्तै अपाङ्गता भएका विद्यार्थीहरुलाई पढाउनकालागि भव्य भवन बनेको छ । भवन बनेपनि यसलाई सञ्चालन गर्ने अन्य जनशक्ति तथा श्रोत साधन भने अभाव छ ।
पर्याप्त श्रोत साधन हुने हो भने अटिजमक भएका विद्यार्थीहरुलाई केहि न केहि भएपनि व्यहारिक ज्ञान तथा अन्य सिप सिकाउने, अक्षर चिनाउने एवं पाठनै पढाउन सकिने गरिको वातावरण बन्न सक्ने यहि विद्यालयमा अध्यापन गराउनदै आउनु भएकी शिक्षिक सरिता ओझा बताउनु हुन्छ ।
भिडियोमा हेरौ