दमक फुटसलको उपाधि सुकुना बहुमुखी क्याम्पसलाई

final

दमक/

दमकमा सम्पन्न प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उपाधि मोरङको सुकुना बहुमुखी क्याम्पसले जितेको छ ।

दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आज सम्पन्न फाइनल खेलमा सुकुनाले झापाको काँकरभिट्टा बहुमुखी क्याम्पसलाई ८–१ को फराकिलो गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो ।

उपाधिसँगै सुकुनाले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेता काँकरभिट्टाले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडी सुकुनाका दिवस राई भए । उच्च गोलकर्ता सुकुनाका अनिश खवास, उत्कृष्ट गोलकिप्पर सुकुनाका युकेश राई, उत्कृष्ट प्रशिक्षक सुकुनाका नितेश काफ्ले भए । फेयर प्लेको उपाधि काँकरभिट्टाले पायो ।

यसअघि सेमिफाइनलमा काँकरभिट्टाले मोडल क्याम्पस दमकलाई ६–२ गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको थियो । सुकुनाले भद्रपुरको मेची बहुमुखी क्याम्पसलाई ४–३ गोल अन्तरले हराएर फाइनल प्रवेश गरेको थियो ।

विजेता तथा उपविजेतालाई आयोजक युनियन सभापति सोविम न्यौपाने, दमक ९ का वडा अध्यक्ष कुवेर भट्टराई, दमक बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष ढुण्डीराज भण्डारी, क्याम्पस प्रमुख डा. नेत्रबहादुर बुढाथोकी लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा झापा, मोरङ, सुनसरी र इलामका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त २१ वटा क्याम्पसले प्रतिस्पर्धा गरेका थिए । विपन्न विद्यार्थीहरु पढाइबाट बञ्चित हुन नदिन छात्रावृत्ति कोष निर्माणका लागि प्रतियोगिता आयोजना गरिएको हो । कोषका लागि पाँच लाख रुपैयाँ बचत गर्ने लक्ष्य रहेको सभापति न्यौपानेले बताए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।