प्रेस चौतारीको झापाको अधिवेशन पुष १९ मा

प्रेस चौतारी झापाको अधिवेशन गौरादहमा हुने

दमक/
प्रेस चौतारी झापाको अधिवेशन पुष १९ गते हुने भएको छ । बुधबार बिर्तामोड स्थित नेकपा एमालेको पार्टि कार्यालयमा भएको कार्यसमितीको बैठकले अधिवेशन गर्ने मिती र स्थानको टुङ्गो लगाएको छ । यस्तै अधिवेशन सम्पन्न गर्नकालागि विभिन्न उप समिती पनि निर्माण गरेको छ ।

‘पुष १९ गते सोमबार झापाको गौरादहमा प्रेस चौतारी झापाको अधिवेशन गर्ने भन्नेबारेमा निणर्य भएको छ । ’ बैठकपछि उज्यालोलाई जानकारी दिदै अध्यक्ष टिकाराम उप्रेतीले बताउनु भयो । अधिवेशन सम्पन्न गर्नकालागि अध्यक्ष उप्रेतीको संयोजकत्वमा र वर्तमान कार्यसमितीका सबै पदाधिकारीका साथै सदस्य समेत रहने गरिको अधिवेशन मुल आयोजक कमिटी पनि घोषणा गरिएको छ ।

यसका साथै आर्थीक र सदस्यता छानविन उप समिती समेत तयार पारिएको छ । जसअनुसार आर्थीक समितीमा संगठनका उपाध्यक्ष मनकुमार गदाल सहितको  आर्थीक समिती तयार भएको छ । सदस्यहरुमा भूमिराज पराजुली, उमनाथ भण्डारी, राम प्रसाद निरौला, रामेश तिवारी र अनिल वाग्ले रहनु भएको छ ।

यस्तै सचिव प्रदिप परियारको संयोजकत्वमा गठीत सदस्यता छानविन समितीमा सुदिप अधिकारी, रुपा बुढाथोकी, सागर गौतम, अच्यूत सुवेदि, सिर्जन घिमिरे, सरोज भट्टराई, प्रकाश पौडेल र रोहित काफ्ले रहनु भएको छ ।

बैठक नेकपा एमालेका स्थाई कमिटी सदस्य अग्नी खरेलको प्रमुख आतीथ्यता रहेको थियो । यस्तै पार्टिका झापा अध्यक्ष चिन्तन पाठक, सचिवालय सदस्य शिव ढुङ्गेलको पनि उपस्थित रहेको थियो ।

बैठकले भर्खरै संगठनको केन्द्रिय सदस्य बन्नु भएका मिन प्रकाश उप्रेती, टिकाराम उप्रेती, गोपाल काफ्ले , मोहन काजी र मुक्ति पौडेललाई बधाईका साथै सफल कार्यकालको सुभाकामना पनि व्यक्त गरिएको सचिव परियारले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले