प्रेस चौतारीको झापाको अधिवेशन पुष १९ मा

प्रेस चौतारी झापाको अधिवेशन गौरादहमा हुने

press chautari jhapa

दमक/
प्रेस चौतारी झापाको अधिवेशन पुष १९ गते हुने भएको छ । बुधबार बिर्तामोड स्थित नेकपा एमालेको पार्टि कार्यालयमा भएको कार्यसमितीको बैठकले अधिवेशन गर्ने मिती र स्थानको टुङ्गो लगाएको छ । यस्तै अधिवेशन सम्पन्न गर्नकालागि विभिन्न उप समिती पनि निर्माण गरेको छ ।

‘पुष १९ गते सोमबार झापाको गौरादहमा प्रेस चौतारी झापाको अधिवेशन गर्ने भन्नेबारेमा निणर्य भएको छ । ’ बैठकपछि उज्यालोलाई जानकारी दिदै अध्यक्ष टिकाराम उप्रेतीले बताउनु भयो । अधिवेशन सम्पन्न गर्नकालागि अध्यक्ष उप्रेतीको संयोजकत्वमा र वर्तमान कार्यसमितीका सबै पदाधिकारीका साथै सदस्य समेत रहने गरिको अधिवेशन मुल आयोजक कमिटी पनि घोषणा गरिएको छ ।

यसका साथै आर्थीक र सदस्यता छानविन उप समिती समेत तयार पारिएको छ । जसअनुसार आर्थीक समितीमा संगठनका उपाध्यक्ष मनकुमार गदाल सहितको  आर्थीक समिती तयार भएको छ । सदस्यहरुमा भूमिराज पराजुली, उमनाथ भण्डारी, राम प्रसाद निरौला, रामेश तिवारी र अनिल वाग्ले रहनु भएको छ ।

यस्तै सचिव प्रदिप परियारको संयोजकत्वमा गठीत सदस्यता छानविन समितीमा सुदिप अधिकारी, रुपा बुढाथोकी, सागर गौतम, अच्यूत सुवेदि, सिर्जन घिमिरे, सरोज भट्टराई, प्रकाश पौडेल र रोहित काफ्ले रहनु भएको छ ।

बैठक नेकपा एमालेका स्थाई कमिटी सदस्य अग्नी खरेलको प्रमुख आतीथ्यता रहेको थियो । यस्तै पार्टिका झापा अध्यक्ष चिन्तन पाठक, सचिवालय सदस्य शिव ढुङ्गेलको पनि उपस्थित रहेको थियो ।

बैठकले भर्खरै संगठनको केन्द्रिय सदस्य बन्नु भएका मिन प्रकाश उप्रेती, टिकाराम उप्रेती, गोपाल काफ्ले , मोहन काजी र मुक्ति पौडेललाई बधाईका साथै सफल कार्यकालको सुभाकामना पनि व्यक्त गरिएको सचिव परियारले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन